Nepal Life

सिटिजन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुट

Global Ime detail Page
  • BFIS News
  • 2024 May Tue 08:02
सिटिजन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुट
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ। कम्पनीले व्यतित बीमालेख पुनर्जागरण वा नवीकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो।

NIMB

जेठ १ गतेदेखि ३२ गतेभित्र नवीकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितलाई शतप्रतिशत ब्याज छुट प्रदान गरिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ। त्यस्तै, असार १ गतेदेखि १६ गतेभित्र नवीकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितलाई ५० प्रतिशत ब्याज छुटको व्यवस्था गरिएको छ।

यो सुविधा बीमा अवधिभर एकपटक मात्रै पाइने कम्पनीले उल्लेख गरेको छ । यो योजनामा समावेश भई नवीकरण भएका बीमालेखहरु नवीकरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको ब्याज छुटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया