Nepal Life

दश महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत, राजस्व संकलन लक्ष्यको ५८ प्रतिशत मात्रै

Global Ime detail Page
  • BFIS News
  • 2024 May Tue 14:54
दश महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत, राजस्व संकलन लक्ष्यको ५८ प्रतिशत मात्रै
Sanima Reliance

काठमाडौं। चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् रु १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार बराबर खर्च भएको जनाएको छ।  सरकारले चालु आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो।

NIMB

वैशाख मसान्तसम्ममा चालुगततर्फ वार्षिक विनियोजनको ६५ दशमलव ९१ प्रतिशत खर्च भएको छ। चालु शीर्षकमा रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर वार्षिक विनियोजन भएकोमा हालसम्म रु ७ खर्ब ५२ अर्ब ५५ करोड ७३ लाख बराबर खर्च भएको छ।

पुँजीगत शीर्षकमा रु ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख बराबर वार्षिक विनियोनज भएकोमा वैशाख मसान्तसम्म वार्षिक लक्ष्यको ३७ दशमलव ०४ प्रतिशत अर्थात् रु १ खर्ब ११ अर्ब ८८ करोड २९ हजार बराबर खर्च भएको छ। त्यसैगरी, वित्तीय व्यवस्था शीर्षकमा ६२ दशमलव ६ प्रतिशत खर्च भएको छ। यो शीर्षकमा रु ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख बराबर विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा रु १ खर्ब ९२ अर्ब ४५ लाख २२ हजार बराबर खर्च भएको हो।

सो अवधिको कुल सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ५८ दशमलव २ प्रतिशत छ। चालु आवमा रु १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ बराबर राजस्व उठाउने लक्ष्य रहेकोमा वैशाख मसान्तसम्ममा रु ८ खर्ब ५७ अर्ब २ करोड ८० लाख बराबर असुली भएको छ।

कर राजस्वतर्फ रु १३ खर्ब ५ अर्ब ४७ करोड ९६ लाख बराबरको वार्षिक लक्ष्य रहेकोमा हालसम्म ५७ दशमलव २१ प्रतिशत अर्थात् रु ७ खर्ब ४६ अर्ब ८३ करोड २८ लाख बराबर उठेको छ। त्यस्तै, गैरकर राजस्वतर्फ रु १ खर्ब १७ अर्ब ६ करोड २१ लाख बराबर लक्ष्य रहेकोमा ७२ दशमलव ७ प्रतिशत अर्थात् रु ८५ अर्ब १० करोड ४ लाख बराबर असुली भएको छ।

त्यस्तै, रु ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकोमा हालसम्म लक्ष्यको ५ दशमलव ५२ प्रतिशत अर्थात् रु २ अर्ब ७५ करोड ८० लाख बराबर अनुदान लिइएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया