NIMB Header 2
Nepal Life

रहेनन् इतिहासकार ज्ञानमणि नेपाल

National Life
  • BFIS News
  • 2024 May 14 15:01
रहेनन् इतिहासकार ज्ञानमणि नेपाल
Sanima Reliance

काठमाडौं। इतिहासकार ज्ञानमणि नेपालको ९२ वर्षको उमेरमा निधन भएको छ। मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित उहाँको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आज मध्याह्न निधन भएको हो।

Shikhar
NIMB

इतिहासकार नेपालका भाइ एकमणि नेपालले उनको पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने जानकारी दिए। इतिहासकार नेपालका दुई छोरा छन्।

नेपाललाई एक सिद्धहस्त, नेपालको सांस्कृतिक इतिहासका ज्ञाता र खोजकर्ताका रूपमा उनी चिनिन्छन्।

उनी भोजपुरमा १९८९ माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीका दिनमा जन्मिएर खोटाङमा कार्यक्षेत्र बनाई कौमुदी, चण्डीबाट शिक्षा आर्जन गर्न सुरु गरेका थिए।

काठमाडौंमा आई इतिहासप्रति अभिरुचि राखेर नेपालले अध्ययन गरी इतिहाससम्बन्धी अनेकौँ कृति प्रकाशन गरे।  नेपालका ‘नेपाल निरुपण’, ‘नेपाल निरुक्त’, ‘नेपालको महाभारत’, ‘पशुपतिनाथको दर्शन, स्पर्शन, पूजन’, ‘पुराना कविता’ लगायत दुई दर्जन कृति प्रकाशित छन्।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य रहिसकेका नेपाल वृद्धअवस्थासम्म पनि इतिहासको खोज, अध्ययन र अनुसन्धानमा सक्रिय थिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार