Nepal Life

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान, विलम्ब शुल्कमा सत प्रतिशत छुट

Global Ime detail Page
  • BFIS News
  • 2024 May Tue 15:31
सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान, विलम्ब शुल्कमा सत प्रतिशत छुट
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ ।

NIMB

उक्त पुनर्जागरण अभियान यही २०८१ जेठ १ गते देखी २५ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बीमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

हरेक नेपालीलाई बीमाको दायरा भित्र ल्याई बिमित र बीमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको छ । बीमा पोलिसी अनुसार समयमा बीमा शुल्क भुक्तानी नगरेमा बीमा पोलिसी व्यतित हुने कानुनी व्यवस्था रहेको हुन्छ । यदि बीमालेख व्यतित भएमा बीमितको जोखिम बहन हुन सक्दैन । यदि मासिक रुपमा बीमा शुल्क भुक्तानी हुँदै आएको छ भने बीमा शुल्क भुक्तानी गर्ने अवधि १५  दिन दिइएको हुन्छ र वार्षिक रुपमा बीमा शुल्क भुक्तानी हुँदै आएको छ भने अधिकतम ३० दिनको म्याद दिइएको हुन्छ । यस अवधिमा पनि बीमा शुल्क भुक्तानी नभएमा नियम अनुसार हर्जना तथा व्याज लाग्छ । 

सानिमा रिलायन्स लाइफले अहिलेको विषम आर्थिक अवस्थालाई मध्यनजर गर्दै समयमा बीमा शुल्क भुक्तानी नभएर व्यतित भएका बीमालेखलाई पुनर्जागरण गर्न अभियानका रुपमा विलम्ब शुल्कमा लाग्ने सम्पुर्ण व्याज दिने योजना ल्याएको हो । साविक सानिमा लाइफ र रिलायन्स लाइफ मर्जर भएर बनेको सानिमा रिलायन्स लाइफले आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ । नयाँ व्यवसायमा मात्रै नभएर पुराना जारी बीमालेखलाई पनि उत्तीकै प्राथमिकता दिने क्रममा नविकरणका विभिन्न स्किम ल्याउने गरेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया