राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर, कुन बचत खातामा कति ?

  • BFIS News
  • 2024 May Tue 16:50
राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर,  कुन बचत खातामा कति ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर आजदेखि लागु हुने छ ।

नयाँ ब्याजदरमा मुद्दती निक्षेप तर्फ व्यक्तिगत ६.४० र संस्थागत ५.३५ प्रतिशत रहेको छ । यता बचतमा ०.६७ देखि ४.६५ प्रतिशतसम्म ब्याज रहेको छ ।

बैंकले सून्य मौज्दातदेखि खाता अनुसार ५ हजार रुपैयाँसम्म न्युनतम मौज्दात राख्ने पर्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगामा रहेका नेपालीहरुलाई लक्षित गर्दै बैंकले ५.६५ प्रतिशत तोकेको छ । बैंकले निक्षेपका साथ साथै ओभरड्राफ्ट, धितो कर्जा, औद्योगिक, व्यापारीक, हाउजिंग, रियल स्टेट, सुन, थोक, प्रत्यक्ष, कृषि, करार कर्जा, गाडी, शैक्षिक, सेयर धितो, मोटरेज लगायतमा न्यूनतम दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ । 

सरकारी लगानीको राष्ट्रिय बाणिज्य बैंकले लाखौ निक्षेपकर्ताको मन जित्न सफल भएको छ । देशव्यापी शाखा सञ्जाल तथा डिजिटल बैंकिङ मार्फत सेवा प्रवाह गर्दै आइरहेको छ । 

 

 

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया