Nepal Life

घरजग्गा कारोबारमा कमी, सबैभन्दा बढी कारोबार इनरुवा मालपोतबाट

Global Ime detail Page
  • BFIS News
  • 2024 May Wed 09:50
घरजग्गा कारोबारमा कमी, सबैभन्दा बढी कारोबार इनरुवा मालपोतबाट
Sanima Reliance

काठमाडौं । बैशाख महिनामा घरजग्गा कारोबारमा कमी देखिएको छ। चैत महिनाभन्दा बैशाखमा कारोबारमा कमी देखिएको छ। भूमी व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैत महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ३१ करोड रुपैयाँ राजश्व संकलन भएकोमा वैशाख महिनामा ४ अर्ब २४ करोड ५३ लाख रुपैयाँ राजश्व संकलन भएको छ।

NIMB

चालु आर्थिक वर्षको १० महिनाको अवधिसम्म भने देशभरका मालपोत कार्यालयबाट ३४ अर्ब ६० करोड रुपैयाँबराबरको राजश्व संकलन भएको छ ।  

देशभरका मालपोत कार्यालयबाट वैशाख महिनामा ४९ हजार ७८३ लिखत पारित भएको छ। चैत महिनामा ४९ हजार ६१२ वटा लिखत पारित भएको थियो ।

वैशाखमा सबैभन्दा बढी इनरुवा मालपोत कार्यालयबाट लिखत पारित भएको छ । इनरुवा मोलपोत कार्यालयबाट वैशाख महिनामा कुल २ हजार ११ वटा लिखत पारित भएको छ ।

जनकपुर मालपोत कार्यालय दोस्रो स्थानमा रहेको छ । यो कार्यालयबाट वैशाख महिनामा १ हजार ७६७ वटा लिखत पारित भएको छ ।

काठमाडौं उपत्यकामा भने भक्तपुर मालपोत कार्यालयबाट सबैभन्दा धेरै लिखत पारित भएको छ। भक्तपुरबाट ९८४ वटा लिखत पारित भएको छ ।  लगनखेल मालपोत कार्यालयबाट ९५५ र कलंकी मालपोत कार्यालयबाट ६७९ वटा लिखत पारित भएको छ । यस्तै, चाबहिल र साँखुबाट ४८३, डिल्लीबजारबाट २०४ र टोखाबाट १३८ वटा लिखत पारित भएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया