Nepal Life

बढ्यो सुन-चाँदीको मूल्य, तोलाको कति पुग्यो?

Muktinath Bank
  • BFIS News
  • 2024 May Wed 11:52
बढ्यो सुन-चाँदीको मूल्य, तोलाको कति पुग्यो?
RBB

काठमाडौं । आज सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला ७ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ बढेको हो।

NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १७ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रूपैयाँ बढेको हो।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया