NIMB Header 2
Nepal Life

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्चबाट पाए सफाइ

National Life
  • BFIS News
  • 2024 May 15 17:19
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्चबाट पाए सफाइ
Sanima Reliance

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ। बलात्कार मुद्दामा उनलाई सफाइ दिइएको हो।

Shikhar
NIMB

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले यसअघिको काठमाडौ जिल्ला अदालतको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिएको हो।

गौशाल–२६ ले आफूलाई लामिछानेले बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

सो मुद्दामा गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो। उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको थियो।

जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो। सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विपरीत उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार