Nepal Life

तरलता व्यवस्थापनका लागि बजारबाट ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

NMB Bank
  • BFIS News
  • 2024 May 16 08:57
तरलता व्यवस्थापनका लागि बजारबाट ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँको निक्षेप संकलन गर्दैछ। आज निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ।

Shikhar
NIMB

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ तान्ने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सक्ने बैंकले जनाएको छ। राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट ७ दिने निक्षेप सङ्कलन गर्न लागेको हो ।  

बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन्। निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन्।  

साँवा र ब्याज भुक्तानी मिति जेठ १७ गते निर्धारण भएको छ। यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया