NIMB Header 2
Nepal Life

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा खड्का

National Life
  • BFIS News
  • 2024 May 16 16:00
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा खड्का
Sanima Reliance

काठमाडौं। सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार सङ्गीता खड्कालाई नियुक्त गरेको छ।

सिंहदरबार आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। काठमाडौं निवासी खड्का यसअघि पनि समितिको अध्यक्ष थिइन्।

Shikhar
NIMB

सरकारले श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ र नियमावली २०५३ को व्यवस्थाबमोजिम श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको पारिश्रमिक निर्धारण, परिश्रमिकमा पुनरावलोकन, पदको तहगत वर्गीकरणलगायत कार्यका साथै सञ्चार प्रतिष्ठानको अनुगमनको निम्ति २०६४ सालमा समितिको गठन गरेको थियो।

बैठकले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा प्राडा लेखनाथ शर्मालाई नियुक्त गरेको छ। बैठकले नेपाल प्रशासनिक सेवा, समूहीकरणअन्तर्गत राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा लोकनाथ पौडेल र नेपाल कृषि वन सेवा, समूहीकरणअन्तर्गत राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन्।

मन्त्रिपरिषद्ले जलवायु पविर्तन अनुकुलन कार्यक्रम कार्यान्वयन गर्न फिनल्याण्ड सरकारबाट प्राप्त हुने करिब १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार