नेपाल लाइफ क्यापिटलको सिइओमा मनिष घिमिरे नियुक्त

  • BFIS News
  • 2024 May Thu 18:40
नेपाल लाइफ क्यापिटलको सिइओमा मनिष घिमिरे नियुक्त

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मनिष घिमिरे नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको १०१ औं बैठकको निर्णयले घिमिरेलाई ४ वर्षका लागि सिइओ नियुक्त गरेको हो।

नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआइसी एसिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेष्टमेन्टमा गरि १० वर्षभन्दा बढी समय कार्य सम्पादन गरेका छन्।  घिमिरेले एफसिसीएका साथै काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसुम) बाट इ-एमबिए गरेका छन् ।  

घिमिरेको विभिन्न इन्भेष्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ उत्पादनहरू जस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फण्ड, इश्यू म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवाहरू प्रोडक्ट डिजाइन र सन्चालनमा विज्ञता रहेको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया