Nepal Life

राष्ट्रिय बीमा कम्पनीले दुर्गम जिल्ला डोटीमा सम्पन्न गर्यो कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम

Global Ime detail Page
  • BFIS News
  • 2024 May Thu 19:39
राष्ट्रिय बीमा कम्पनीले दुर्गम जिल्ला डोटीमा सम्पन्न गर्यो कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको डोटी सिलगढी उपशाखा कार्यालयले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।

NIMB

कम्पनीले यहि जेठ १ गतेदेखि ३ गतेसम्म ३ दिने तालिम सञ्चालन गरेको हो । तालिममा २१ जनाको सहभागिता रहेको थियो । कम्पनीले अभिकर्तालाई कृषि, पशुपन्छी तथा जडिबुटी बीमाको तालिम दिनुका साथै अभिकर्ता लाइसेन्सका विषयमा पनि प्रशिक्षित गरेको छ । 

सहभागीले नेपाल बीमा प्राधिकरणले सञ्चालन गर्ने अनलाइन परीक्षामा सहभागी हुने योग्यता समेत हासिल गरेका छन् । नेपालको दुर्गममा बीमाको सचेतना फैलाई सबै जनतालाई बीमाको दायरामा ल्याई व्यवसाय प्रवर्द्धन गर्नु नै कम्पनीको मुख्य उद्देश्य रहेको र सोही अनुसार अगाडी बढेको यस कार्यक्रमका संयोजक तथा कम्पनीका बजार विभाग प्रमुख व्यवस्थापक देवराज घिमिरेले बताए । 

३ दिने कार्यक्रममा व्यवस्थापक देवराज घिमिरे, सह-व्यवस्थापक अर्जुन पौडेल, नायव व्यवस्थापक दिपकराज पाण्डेय र सहायक व्यवस्थापक उत्तरा रेग्मीले प्रशिक्षकको भूमिका निभाएका थिए ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया