Nepal Life

नेपाल इन्स्योरेन्सको विशेष साधारण सभा आज, हकप्रदको प्रस्ताव पारित हुने

NMB Bank
  • BFIS News
  • 2024 May 17 07:48
नेपाल इन्स्योरेन्सको विशेष साधारण सभा आज, हकप्रदको प्रस्ताव पारित हुने
National Life

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुँदैछ। सभा बिहान ११ बजे भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजना हुन लागेको हो।  

Shikhar
NIMB

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात १० शेयरबापत ४ शेयर अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी वृद्धि भई २ अर्ब ३० करोड १९ लाख ३८ हजार पुग्ने छ।

सभाले कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएको सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले गत वैशाख २७ गते बुक क्लोज गरेको थियो।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया