Nepal Life

शेयर बजारले पचाई सकेका फन्डाहरू जसको असर अब रहँदैन, के कारणले बजार बढ्न सकिरहेको छैन ?

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sat 09:39
शेयर बजारले पचाई सकेका फन्डाहरू जसको असर अब रहँदैन, के कारणले बजार बढ्न सकिरहेको छैन ?
Sanima Reliance

काठमाडौं । शेयर बजार सर्वाधिक जोखिमयुक्त क्षेत्र हो । बजारलाई जुनसुकै कुराले प्रभावित पार्न सक्ने भएकाले त्यस्ता कुराहरुमा लगानीकर्ताहरु सदैव सचेत हुनु पर्छ । नेपाल राष्ट्र बैंकले जारी गर्ने नीतिगत व्यवस्थादेखि लिएर सरकारको वित्त नीतिका अतिरिक्त राजनीतिक उतारचढाव, आर्थिक अवस्थाले सबैभन्दा धेरै प्रभाव पार्छ ।

NIMB

तर सधै एउटै प्रभावले काम गरिरहेको हुन्छ भन्ने हुँदैन । बजार विश्लेष प्रकाश दाहालका अनुसार शेयर बजारमा केहि वर्षदेखि चलिरहेका फण्डहरुले प्रभाव पार्न छाडिसकेको छ । उनका अनुसार अहिले शेयर बजारले ४/१२ को फण्डा पचाइसकेको हुँदा यसले असर पारिरहेको छैन ।

लगानीकर्ताले जहिले पनि मौद्रिक नीतिलाई लिएर बजारमा असर पर्ने बताइरहेका हुन्छन् । तर अहिले शेयर बजार मौद्रिक नीतिमा आउने परिवर्तनले मात्रै प्रभाव पार्न नसक्ने अवस्थामा रहेको उनको विश्लेषण छ ।

सेयर बजारले पचाई सकेका फन्डाहरू जसको असर अब रहँदैन र रहने छैन :

१• सेयर बजारको ४/१२ फन्डा

२• मौद्रिक नीतिको भूत

३• बैङ्कको ब्याजदर बढ्ने त्रास

४• हाइड्रोपावरमा बाढी र वित्तीय संस्थाको साँवा र ब्याज नउठ्ने तथा वित्तीय संस्थाको खराव कर्जा बढ्ने चिन्ता

५• आर्थिक मन्दी भै देश श्रीलङ्का जस्तो बन्ने छ भन्ने हाउगुजी,

६• नियमनकारी निकायदेखि ठूलाबडाको स्वार्थ र त्यसले पार्ने प्रभाव,

७• ठूला खेलाडी र Social Media, News etc. को बठ्याँइ,

८• प्राविधिक विश्लेषण तथा त्यसले  फैलाउने भ्रम,

९• अहिले सरकार एवं राष्ट्र बैंकले लिने नीति तथा आर्थिक मन्दीको त्रास

तर, शेयर बजारलाई यि बाहेक अन्य धेरै कुराहरुले प्रभाव पारिरहेको विश्लेषक दाहाल बताउछन् । उनका अनुसार शेयर बजारलाई सबैभन्दा धेरै अस्थिर राजनीति र लगानीको त्रासले प्रभाव पारिरहेको छ । यस वर्षको लगानी सम्मेलन सबैभन्दा असफल भयो । अन्तर्राष्ट्रिय जगतले नेपालमा लगानीको वातावरण नदेखेको प्रष्ट हुन्छ । यसको पछाडी अस्थिर राजनीति नै प्रमुख कारण हो । यति मात्रै होइन केहि यस्ता नजिरहरु विश्वव्यापी रुपमा विस्तार भइसकेका छन् जसले कोहि पनि ठुलो लगानी भित्र्याउन हिच्किचाइरहेका छन् । एनसेलले नेपालमा भित्र्याएको लगानी भन्दा धेरै खरिद बिक्रीमा लाग्ने कर बढि तिरिसकेको छ । दोस्रो पटकमा भएको खरिद बिक्रीमा पनि ठुलो राजनीतिक तथा सामाजिक रुपमा विरोध भयो । एउटा एनसेललाई लिएर यति ठुलो विवाद गर्दा अन्तर्राष्ट्रिय जगतमा यसको सन्देश एकदमै नकारात्मक छ ।  

अर्को कारण निजी क्षेत्र लगानी गर्न डराइरहेको छ । नेपालमा कसैले पनि अवसर देखिरहेको छैन । यसको प्रमाण पछिल्ला दिनमा प्रायाप्त मात्रामा नयाँ उद्योग नखुल्नु हो । कसैले पनि ठुलो लगानीमा नयाँ उद्योग खोल्ने आट गर्न सकिरहेको छैन । व्यवसायिक वातावरण पनि एकदमै धमिलो देख्न सकिन्छ । बजारमा कुनै पनि सामानको माग एकदमै राम्रो छैन । प्रमुख व्यवसायिक क्षेत्रमा सटर बन्द छन् । कयौ व्यवसायिक व्यापार नचलेर पलायन भएका छन् ।

सरकार पुर्ण रुपमा राजश्वमा भर पर्नु पर्ने अवस्था छ । त्यसमा पनि आयातमा लागाउने भन्सारकै हिस्सा सर्वाधिक धेरै छ । करका दायरा यति फराकिलो बनाइएको छ कि जसको प्रभावले कोहि पनि नेपालमा बस्नै रुचाइरहेको छैन । आफुले तिरेको कर अनुसार राज्यबाट सेवा सुविधा छैन तर हरेक चिजहरुमा तिर्नु परेको करका कारण महंगी र दैनिक सञ्चालन खर्च व्यापक रुपमा बृद्धि भएको छ । यसले गर्दा युवाहरु नेपालमा भन्दा विदेशमै बस्न रुचाउछन् ।  

सरकारले वास्तविक क्षेत्रबाट पूँजी निर्माण गर्न सकेको छैन । सरकारको कमजोर नीतिगत व्यवस्था र कार्यशैली नै प्रमुख कारण हो । कसैले नयाँ उद्योग सञ्चालन गर्न खोज्यो वा व्यवसाय गर्न थाल्यो भने आम्दानी हुने कहिले हो कहिले कर भने पहिलो दिनबाटै सुरु हुन्छ । अर्को तर्फ सरकारको नाफामा भन्दा पनि आम्दानीमा कर लगाउनै नीतिका कारण कम्पनी चरम घाटामा जादा पनि राज्यलाई करोडौ रुपैयाँ कर भुक्तानी गरिसक्नु पर्छ । पक्कै पनि यस्ता कुराले नेपालमा उद्योग कलकारखाना खोल्ने वातावरण निर्माण गरिरहेको छैन ।

नेपालमा नन बजेटरी इकोनोमीको हिस्सा पनि एकदमै ठुलो हुने गरेको छ । विदेशी एनजिओ आइएनजिओले कोभिड १९ पछि नेपाल जस्ता अतिकम विकसित मुलुकमा पठाउने सहयोग तथा अनुसदान रकम घटाइरहेका छन् । अर्को तर्फ सरकारले नियमित रुपमा आइरहेका यस्ता रकमलाई प्रणालीमा भित्र्याउन सकिरहेको छैन । यसरी आउने रकम विदेशी कन्सल्टेन्टहरुले नै लैजाने भएकाले नेपालको अर्थतन्त्रमा असर पार्दैन । सरकारले यस विषयमा नीतिगत व्यवस्था गरि त्यस्ता रकमलाई प्रणालीमा भित्र्याउन सक्नु पर्छ ।

नेपाल राष्ट्र बैंक र नेपाल बीमा प्राधिकरणले अख्तियार गरेको मर्जरको नीतिले १० हजार भन्दा धेरै कर्मचारीहरु पलायन हुने अवस्था बन्यो । यो जनशक्ति सबै विदेश गएका छन् । यसले समग्र अर्थतन्त्रमा मात्रै होइन शेयर बजारमा पनि ठुलो असर पारेको छ । कम्पनी मर्जर हुँदा एउटै कम्पनीको शेयर सप्लाइ धेरै हुन जान्छ जसले बजारलाई बढाउन बाधा पुर्याइरहेको छ । नेपालको सर्वाधिक बिडम्बनाको कुरा वैदेशिक ऋण लिएर तलब खुवाउनु पर्ने अवस्था छ । यसले गर्दा नेपाल एशियाकै गरिव मुलुक भित्र परेको छ ।

विगतका वर्षमा सरकारले लहडमा लिएका कतिपय नीतिले गर्दा कयौ लगानीकर्ताहरु फसेका छन् । खुला बजारका कारण घरजग्गाको मूल्य बेलुन जसरी फुकिरहेको थियो । यस्तो अवस्थामा सरकारले एकाएक कित्ताकाटमा लगाएको प्रतिबन्धका कारण ठुला लगानीकर्ता फस्न पुगे । यसको पहिलो प्रभाव सहकारीमा देखियो । त्यस पछि क्रमश माइक्रोफाइनान्स, फाइनान्स र बैंकहरमा देखिन थालेको छ । नेपालको राष्ट्रिय रोग अत्यधिक भ्रष्टाचार हो । अति संवेदनसिल निकायहरुमा राम्रो भन्दा हाम्रो मान्छेको भर्ती व्यापक छ । यसले पनि सम्बन्धित क्षेत्रको विकासमा अवरोध पुर्याइरहेको छ ।

शेयर बजार प्रभावित क्षेत्र हो । कम्पनीको मूल्य सप्लाइ र डिम्याण्डका कारण निर्धारण हुन्छ । सप्लाइ र डिम्याण्डलाई भने माथिका अवस्थाले प्रभाव पार्छ । लगानीकर्ताले यि सबै कुराहरुलाई मध्यनजर गरेर मात्रै लगानीको निर्णय गर्नु पर्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया