Nepal Life

तनहुँमा पुनः मलेरिया संक्रमण, स्वास्थ्यकर्मी सक्रिय

NMB Bank
  • BFIS News
  • 2025 Nov 03 13:27
तनहुँमा पुनः मलेरिया संक्रमण, स्वास्थ्यकर्मी सक्रिय
National Life

दमौली (तनहुँ), कात्तिक १७ गते । तनहुँमा दोस्रो पटक मलेरियाको सङ्क्रमण देखिएको छ। भानु नगरपालिका–११ का ३८ वर्षीय पुरुषमा मलेरियाको सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकारीहरूले बताएका छन्।

Shikhar
NIMB

शान्ति सेनामा सेवा दिएर स्वदेश फर्किएका ती पुरुषमा मलेरियाको सङ्क्रमण भेटिएको हो। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलका अनुसार, आइतबार स्वास्थ्यकर्मीहरूले भानु नगरपालिका र रूपाकोट क्षेत्रका बासिन्दामाझ रोगको सक्रिय खोजपड्ताल कार्यक्रम सञ्चालन गरेका छन्।

कँडेलले भने, “शान्ति सेनाबाट फर्किएपछि गरिएको परीक्षणमा मलेरिया पुष्टि भएको थियो। हाल उनी औषधि सेवनपछि पूर्ण रूपमा स्वस्थ भएका छन्।”

यसअघि साउन महिनामा बन्दीपुरका एक पुरुषमा मलेरियाको पहिलो सङ्क्रमण पुष्टि भएको थियो। मलेरिया एनाफिलिज जातका लामखुट्टेबाट सर्ने रोग हो, जसका लक्षणमा ज्वरो, टाउको दुखाइ, थकान र अत्यधिक पसिना आउनु पर्दछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया