NIMB Header 2
Nepal Life

पुस महिनामा शेयर धितो कर्जा ४८.४ करोडले बढ्यो, राष्ट्र बैंकले सिमा नहटाउदा बजार चलायमान हुन सकेन

National Life
  • BFIS News
  • 2024 May 18 16:38
पुस महिनामा शेयर धितो कर्जा ४८.४ करोडले बढ्यो, राष्ट्र बैंकले सिमा नहटाउदा बजार चलायमान हुन सकेन
Sanima Reliance

काठमाडौं । बैंक वित्तीय संस्थाले पुस एक महिनामै ४८ करोड ४२ लाख रुपैयाँ मार्जिन प्रकृतिको शेयरधितोकर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिसम्ममा बैंकहरुले ८६ अर्ब १८ करोड रुपैयाँ लगानी गरेका छन् । यस भन्दा अघिल्लो महिना मंसिर महिनामा ८५ करोड ७० लाख रुपैयाँ लगानी गरेका छन् । गत असार मसान्तमा भने ७६ करोड मात्रै थियो । २०७९ असारमा ८० करोड ५० लाख र २०७८ असारमा एक अर्ब ६ करोड थियो ।

Shikhar
NIMB

गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति मार्फत शेयरधितो कर्जामा ४/१२ करोडको सिमा तोकेका थिए । लगानीकर्ताहरुले २५ करोड, ५० करोड ऋण दिनु पर्यो भन्दै बैंकमा दबाब आउन थालेपनि कर्जाको सिमालाई कडाइ गरिएको भन्दै गभर्नर अधिकारीले स्पष्टिकरण दिएका थिए । उनले भनेका थिए ‘बैंकमा आउँछन्, कर्जा माग्छन् । २५ करोड, ५० करोड माग्छन् । विशेष गरी शेयर धितोको कर्जामा रिसाइकलको समस्या छ । शेयर धितो राखेर कर्जा लिने, त्यसबाट खरिद गरेको सेयर धितो राखेर फेरि कर्जा लिने गरेको छ । यसरी रिसाइकल हुने क्रम रोक्न शेयर धितो कर्जामा सीमा तोकेको हो । त्यो क्याप पनि धेरै होइन ।’ 

यसरी अधिकारीले शेयर बजार घटाउने नियतका साथ लगाएको क्यापलाई बजार सिथिल हुँदासम्ममा पनि हटाउन मानिरहेका छैनन् । जवसम्म राष्ट्र बैंकले शेयरधितो कर्जामा सिमा हटाउदैन तवसम्म बजार माथि जान नसक्ने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । शेयर बजारमा राम्रो भोलुम आउन र अहिलेको सप्लाइ धान्नका लागि ठुला लगानीकर्तालाई आफुले सकेको लगानी गर्न दिनु पर्ने उनको भनाइ छ । नेपालको शेयर बजार पहिलाको भन्दा धेरै ठुलो भइसकेको हुँदा पहिलाकै लगानीकर्ताले बजारको सप्लाइ धान्न नसक्ने र विद्यमान लगानीकर्ताले पनि आफ्नो क्षमता अनुसार शेयर खरिद बिक्री गर्न नपाउने भए पछि बजार माथि जान नसक्ने उनको विश्लेषण छ ।

पुस मसान्तसम्ममा सर्वाधिक धेरै नविल बैंकले ११ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै ग्लोबल आइएमई बैंकले ६९ करवड २८ लाख रुपैयाँ, सिद्धार्थ बैंक ५४ करोड ९९ लाख, नेपाल बैंक ५४ करोड ४७ लाख, सिटिज बैंक ४४ करोड ३३ लाख, एनआइसी एशिया ४१ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

शेयर बजार उकालो लाग्ने क्रममा छ । समग्र नेप्से सूचक भन्दा पनि सेक्टरल रुपमा कम्पनीहरुको मूल्य बढिरहेको छ । ‘लो क्याप’का कम्पनीहरुको शेयरमा लगानीकर्ताको आकर्षण देखिदै आएको छ । यसले गर्दा शेयरधितो कर्जामा ध्यान तानिन थालेको छ । अर्को तर्फ बैंकहरुले निक्षेप संग सँगै कर्जाको व्याजदर पनि क्रमिक रुपमा घटाइरहेका छन् ।

आगामी दिनमा राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई शेयर खरिद बिक्रीमा लगाउदै आएको रोकलाई खुलाइ दिने हो भने पनि बजार बढ्ने र बैंकमा यस्तो कर्जा स्वत बढ्ने विश्लेषकहरु बताउछन् । नेपालको अहिलेको शेयर बजारमा बैंकहरुले कम्तिमा पनि ५ खर्ब भन्दा माथि लगानी गर्नु पर्ने अवस्था रहेको बजार विश्लेषक छोटेलाल रौनियार बनाउछन् । बैंकहरुका लागि अन्य कर्जा भन्दा शेयरधितो कर्जा सबैभन्दा सुरक्षित मानिन्छ । यदि राष्ट्र बैंकले कडाइ नगर्ने हो भने अहिलेको जसरी कर्जाको माग भइरहेको छैन यसको समाधान शेयर बजार हुने विश्लेषकहरु बताउछन् ।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार