Nepal Life

नेपाल व्यवस्थापन संघले जेठ १८ गते सिईओ सम्मेलन गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sun 18:42
नेपाल व्यवस्थापन संघले जेठ १८ गते सिईओ सम्मेलन गर्दै
Sanima Reliance

काठमाडौं । नेपाल व्यवस्थापन संघले आगामी जेठ १८ गते शुक्रबार काठमाडौंको सोल्टी होटलमा 'सीईओ कन्फरेन्स' आयोजना गर्ने भएको छ । संघले आज पत्रकार सम्मेलन आयोजना गर्दै उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय विज्ञहरूबाट अनुसन्धानमा आधारित दृष्टिकोण, ज्ञान एवं विचार प्रस्तुत हुने जनाएको छ ।

कोभिड-१९ महामारी, अनिश्चितता तथा जोखिमले अर्थतन्त्रलाई गाँजिरहेको सन्दर्भमा यस सम्मेलनले वैश्विक मुद्दाहरू सम्बोधनका लागि नेपालको व्यवस्थापनका सन्दर्भमा नवप्रवर्तनमा आधारित सोच, ज्ञान, व्यवहारिक पहलहरूको आदानप्रदान र सहकार्यका लागि मञ्च प्रदान गर्नेछ ।

अर्थतन्त्रका मुद्दाहरू, सामाजिक सुरक्षा तथा जीवनपर्यन्त सिकाइलाई सम्बोधन गरी सरकारहरूले समाजलाई लाभान्वित गर्ने कामका नयाँ प्रवृत्तिहरूलाई सुनिश्चितता प्रदान गर्नुपर्छ । कार्यस्थलको रूपान्तरणसँगै संस्थाहरू, कर्मचारीहरू र सरकारहरूबीच सहकार्य अत्यावश्यक हुन्छ। सञ्चार, सहकार्य, कर्मचारीको भलाई, विविधता, समावेशीता र सिकाइको निरन्तरताको प्राथमिकीकरण यी परिवर्तनहरूलाई सफलतापूर्वक अगाडि बढाउन महत्वपूर्ण हुन्छ ।

'यी परिवर्तनहरूलाई सही मानसिकता तथा पहललाई आत्मसात गरी कामको भविष्य सिर्जना गर्न सकिन्छ भन्ने दृष्टिकोणसहित नेपाल व्यवस्थापन संघले 'सीईओ कन्फरेन्स' आयोजना गर्न लागेको हो,' नेपाल व्यवस्थापन संघका अध्यक्ष मोहनराज ओझाले भने ।

सम्मेलनको मुख्य विषयवस्तु कामको भविष्यः परिवर्तित परिदृश्य आत्मसात' रहेको छ । सम्मेलनको मुख्य उद्देश्य सरोकारवालालाई प्रविधि, उदयमान उद्योग, नवप्रवर्तनमा आधारित व्यावसायिक मोडलद्वारा परिचालित परिवर्तित कार्यस्थलको भविष्य कसरी आत्मसात गर्न अन्वेषण गर्न सहयोग गर्नु रहेको छ ।

सम्मेलनमा चार विषयगत सत्रहरू सञ्चालन हुनेछन्। पहिलो सत्र सम्मेलनको मुख्य विषवस्तुमा आधारित छ भने दोस्रो सत्रमा सफलताका कथाः शून्यदेखि आकाशसम्म, तेस्रो सत्र अस्थिर, अनिश्चित, जटिल र अस्पष्ट विश्वमा सफलता हासिल गर्ने रणनीतिमा आधारित छ भने अन्तिम सत्र डिजिटल रूपान्तरणसम्बन्धी रहेका छन् ।

कार्यक्रमका मुख्य वक्ताहरू स्ट्राटेजाका संस्थापक एवं ग्लोबल म्यानेजिङ पार्टनर इयान पालिस्टर, इन्भेष्ट इन्डियाका सीईओ दिपक बागला, एमपी फिनटेकका प्रमुख सञ्चालन अधिकृत प्रभु रंगराजन र फ्युज मेसिनका संस्थापक डा. समीर मास्के रहेका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया