Nepal Life

नेपाल लघु बीमक संघ गठन, गार्जियनका चिरायु भण्डारी संस्थापक अध्यक्ष

NMB Bank
  • BFIS News
  • 2024 May 19 21:39
नेपाल लघु बीमक संघ गठन, गार्जियनका चिरायु भण्डारी संस्थापक अध्यक्ष
National Life

काठमाडौं । लघु बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुले 'नेपाल लघु बीमक संघ'को गठन गरेका छन् । गार्जियन माइक्रो इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको अध्यक्षतामा संस्थापक कार्यसमिति गठन भएको छ ।  

Shikhar
NIMB

देशको लघु बीमा क्षेत्रमा कार्यरत स्वदेशी तथा बिदेशी संघ संस्थाहरु संग समन्वय गरी लघु बीमा सेवालाइ स्तरीय तथा भरपर्दो बनाउदै न्युन आय बर्ग तथा दुर दराजका नागरिकहरुमा बीमाको पहुंच विस्तारका लागि स्थापना भएका लघु बीमा कम्पनीहरुले सम्बन्धित क्षेत्रमा आफ्नो आवाज बुलन्द बनाउन यस्तो संघठनको स्थापना गरेका हुन् । 

जिल्ला प्रशासन कार्यालय ललितपुरमा यहि जेठ ३ गते विधिवत दर्दा भइ नयाँ  कार्यसमितिको निर्माण भएको हो । चिरायु भण्डारीको अध्यक्षतामा गठित कार्य समितिमा स्टार माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिश्व राम तिमिला उपाध्यक्ष, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका सचिव, र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव कोषाध्यक्ष रहेका छन् । 

यसै गरि सदस्यहरुमा ट्रष्ट माइक्रोे इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्जल ढुङ्गाना, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिमाल र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ रहेका छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया