Nepal Life

जलवायु परिवर्तनले चार खर्बको क्षति

NMB Bank
  • BFIS News
  • 2024 May 20 05:02
जलवायु परिवर्तनले चार खर्बको क्षति
National Life

काठमाडौं । समग्रमा सबैभन्दा धेरै सहरी क्षेत्र नै जलवायु परिवर्तनबाट प्रभावित देखिन्छ । पाँच वर्षमा सहरी क्षेत्रले दुई खर्ब १८ अर्ब ८२ करोड रुपियाँको आर्थिक क्षति बेहोर्नुपरेको उक्त प्रतिवेदनले देखाएको छ । ग्रामीण इलाकामा एक खर्ब ९६ अर्ब रुपियाँको क्षति पुगेको सर्वेक्षणमा उल्लेख छ ।

Shikhar
NIMB

क्षेत्रगत हिसाबले बागमती प्रदेशको पहाडी क्षेत्रले सबैभन्दा धेरै आर्थिक क्षति भोग्नु परेको देखिन्छ । उक्त क्षेत्रले ९३ अर्ब ५१ करोड रुपियाँको आर्थिक क्षति विगत पाँच वर्षमा बेहोर्नुपरेको सर्वेक्षणका क्रममा पाइएको छ । 

त्यसपछि मधेशको तराई क्षेत्रले ९० अर्ब ८८ करोड, कोशीको पहाडी क्षेत्रले ३२ अर्ब ४४ करोड, बागमतीको हिमाली क्षेत्रले ३० अर्ब ३६ करोड, गण्डकीको पहाडी क्षेत्रले २८ अर्ब ८६ करोड, कोशीको तराई क्षेत्रले २७ अर्ब ४७ करोड र सुदूरपश्चिमको तराई क्षेत्रले २५ अर्ब ९१ करोड रुपियाँ आर्थिक क्षति बेहोरेको कार्यालयले जनाएको छ । सबैभन्दा कम गण्डकी प्रदेशको हिमाली क्षेत्रमा एक अर्ब ९४ करोड रुपियाँको क्षति पुगेको देखिन्छ ।  सबैभन्दा धेरै आर्थिक नोक्सानी पुर्‍याउने कारणमध्ये किराका कारण लाग्ने रोग, चट्याङ, खडेरी, बाढी प्रमुख रहेको सर्वेक्षणले देखाएको छ ।    

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया