Nepal Life

सानिमा रिलायन्सले मधेश प्रदेशका कर्मचारीहरुलाई दियो क्षमता अभिवृद्धि सम्बन्धी तालिम

NMB Bank
  • BFIS News
  • 2024 May 20 10:48
सानिमा रिलायन्सले मधेश प्रदेशका कर्मचारीहरुलाई दियो क्षमता अभिवृद्धि सम्बन्धी तालिम
National Life

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मधेश प्रदेश अन्तर्गतका सम्पूर्ण कर्मचारीहरू माझ क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बर्दिबासमा यहि जेठ ५ गते यस्तो कार्यक्रम आयोजना गरेको हो । 

Shikhar
NIMB

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पान्डेको उपस्थितिमा संचालित उक्त कार्यक्रममा ५५ जना भन्दा बढी कर्मचारीहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पान्डेले कर्मचारीहरू कम्पनीको मेरुदण्ड भएको र यस प्रकारको तालिमले उनीहरूको कार्य सम्पादन  क्षमता अभिवृद्धि हुन गई ग्राहक सेवा सुदृडिकरण  तथा संस्था सशक्तिकरणमा सहयोग पुग्ने बताए ।

वर्तमान सन्दर्भमा कम्पनीहरूको  सञ्चालन जोखिम बढ्दै गएको भन्दै  पान्डेले यस्तो  कार्यक्रमले त्यस खालका जोखिम घटाउन मद्दत पुग्ने कुरा बताए । साथै यस  किसिमको कार्यक्रम देशै भर गरिने योजना रहेको समेत उनले बताए । 

कार्यक्रममा अन्डरराइटिङ , ग्राहक सेवा, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण, अनुपालन, अभिकर्ता सेवा ,दाबी लगायत विषयमा प्रमुख सञ्चालन अधिकृत ज्ञान बहादुर रायमाझीले तालिम प्रदान गर्नुभयो भने चिफ बिजनेस अफिसर गुणराज श्रेष्ठले अनुपालनलाई मध्यनजर गर्दै नया व्यवसाय बिस्तारमा जोड दिनु पर्ने बताए । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया