बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • BFIS News
  • 2024 May Mon 14:44
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा बैतेश्वर गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ३७ वर्षीया सिता बोम्जन तामाङ र नुवाकोट ककनी गाउँपालिका-४ घर भई हाल काठमाडौं नागार्जुन बस्ने ३४ वर्षीय विराज तामाङ रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सिता बोम्जनलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ गणेश चोकबाट र विराजलाई काठमाडौं धुम्बाराहीबाट शुक्रबार पक्राउ गरेको हो । 

पक्राउमध्ये सिता संलग्न भएको  बैंकिङ कसूर मुद्दामा जिल्ला अदालत भक्तपुरबाट २०८१ वैशाख ७ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेकी थिइन् भने विराज संलग्न भएको बैंकिङ कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी भई फरार रहेका थिए ।   

सितालाई जिल्ला प्रहरी परिसर भक्तपुर र विराजलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि पठाइएको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया