Nepal Life

बजेटको पूर्वार्धमै भित्रिए १४ सय विद्युतीय गाडी, कर बढ्ने हल्लाले भारी मात्रामा ल्याइदै

Global Ime detail Page
  • BFIS News
  • 2024 May Mon 16:32
बजेटको पूर्वार्धमै भित्रिए १४ सय विद्युतीय गाडी, कर बढ्ने हल्लाले भारी मात्रामा ल्याइदै
Sanima Reliance

काठमाडौं । सरकारले विद्युतीय गाडीमा कर बढाउने हल्ला सँगै बैशाख महिनामै एक हजार ४०४ वटा विद्युतीय गाडी भित्र्याएका छन् । सरकारले आगामी जेठ १५ गते आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउदैछ । बजेट आएकै दिनदेखि आर्थिक विद्येकमा भएको व्यवस्था अनुसार नयाँ करका दरहरु लागु हुनेछन् ।

NIMB

सरकारले विद्युतीय गाडीमा देखिएको लोकप्रियताको फाइदा उठाउदै करका दरहरु बढाउने तयारी गरेको भन्दै आयातकर्ताले गएको बैशाख महिनामा मात्रै एक हजार ४०४ वटा विद्युतीय कार, जिप र भ्यान आयात गरेका हुन् । जेठ महिनामाको १५ दिनमा यो संख्या अझै बढ्ने प्रक्षेपण गरिएको छ । 

तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ साउनदेखि बैशाखसम्म आठ हजार ४९७ वटा विद्युतीय सवारी साधन मात्रै आयात भए, जसमध्ये ५० किलोवाट सम्मका तीन हजार ४७२, ५१ देखि सय किलोवाटसम्मका चार हजार ८९६ वटा र १०१ किलोवाटदेखि दुई सय किलोवाटसम्मका १०५ वटा र दुई सय किलोवाट माथिका २४ वटा विद्युतीय गाडी आयात भएको तथ्याङ्कमा उल्लेख छ ।  

यो संख्या अघिल्लो वर्षको समीक्षा अवधिभन्दा झण्डै तीन गुणा धेरै हो । आर्थिक वर्ष २०७९/८० को १० महिनामा दुई हजार ९५५ वटा विद्युतीय गाडी आयात भएको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया