बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई धम्क्याउने तथा तोडफोड नगर्न बैंकरहरुको अपिल

  • BFIS News
  • 2024 May Mon 16:40
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई धम्क्याउने तथा तोडफोड नगर्न बैंकरहरुको अपिल

काठमाडौं । बैंक वित्तीय संस्थाका संघ संघठनले बैंक वित्तीय संस्थाका कार्यालय तोडफोड र कर्मचारीलाई धम्क्याउने काम नगर्न आह्वान गरेका छन् । 

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियशन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंक संघले आज संयुक्त विज्ञप्ति प्रकाशित गरी केही व्यक्ति र समूहले आफ्नो निहीत स्वार्थपूर्ति गर्ने उद्देश्यले गरेका क्रियाकलाप प्रति आपत्ति जनाएका हुन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कार्यालय तोडफोड गर्ने र कर्मचारीहरुलाई धम्क्याउने जस्ता क्रियाकलाप बढेको भन्दै उनिहरुले ध्यानाकर्षण गराएका हुन् ।  

प्रचलित ऐन कानून बमोजिम स्थापित संस्थाहरुले सहज रुपमा कारोबार गर्ने अधिकारबाट बञ्चित हुनु परेको विज्ञप्तिमा उल्लेख छ । यस्ता अवाञ्छित गतिविधिहरुलाई तत्काल नियन्त्रमा लिई सजह रुपमा सेवा गर्ने बातावरण मिलाई दिन सरकार समक्ष माग पनि गरिएको छ । 

व्यवसायिक सहजीकरणका लागि नियमनकारी निकाय नेपाल राष्ट्र बैंक  तथा आवश्यक सहयोग र सुरक्षा प्रदान गरिदिन स्थानीय सरकारहरुसमक्ष विज्ञप्ति मार्फत माग गरिएको हो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार