सर्वसाधारणलेसमेत खरिद गर्न पाउने गरी प्रभु बैंकले बिक्रीमा राख्यो संस्थापक शेयर

  • BFIS News
  • 2024 May Tue 07:52
सर्वसाधारणलेसमेत खरिद गर्न पाउने गरी प्रभु बैंकले बिक्रीमा राख्यो संस्थापक शेयर

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको १० लाख २४ हजार ३१८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

कुल शेयरमध्ये ६ लाख ५६ हजार २३४ कित्ता शेयर विद्यमान संस्थापक वा अन्य कुनै व्यक्ति वा कम्पनीका लागि र ३ लाख ६८ हजार ८४ कित्ता शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरुका लागि बिक्रीमा राखिएको छ।  

सर्वसाधारणका लागि बिक्रीमा राखिएको शेयर खरिदका लागि लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र र विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको शेयरका लागि ३५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार