NIMB Header 2
Nepal Life

डिजिटल भुक्तानी गर्दा कारोबार सफल नभइ पनि ब्यालेन्स काट्यो, कहिले र कसरी पाइन्छ फिर्ता?

National Life
  • BFIS News
  • 2024 May 21 09:54
डिजिटल भुक्तानी गर्दा कारोबार सफल नभइ पनि ब्यालेन्स काट्यो, कहिले र कसरी पाइन्छ फिर्ता?
Sanima Reliance

काठमाडौं । डिजिटल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, SMS बैंकिङ लगायतका विद्युतीय भुक्तानीका माध्यमबाट भुक्तानी गर्दा वा रकमान्तर गर्दा कारोबार सफल नहुँदा पनि कहिलेकाहीँ प्राविधिक कारणवश खाताबाट मौज्दात (Balance) घट्न सक्छ।

Shikhar
NIMB

यस्तो अवस्थामा रकम फिर्ता गर्नका लागि ग्राहकले खबर गरेमा वा नगरेमा देहायबमोजिमको अवधिभित्र ग्राहकको खातामा रकमको हिसाब मिलाउनुपर्ने व्यवस्था रहेको छ :

-विद्युतीय भुक्तानीका माध्यमहरू जारी गर्ने संस्था र भुक्तानी जानुपर्ने संस्था एउटै भएमा कारोबार भएपछिको एक दिन भित्र

-विद्युतीय भुक्तानीका माध्यमहरू जारी गर्ने संस्था र भुक्तानी जानुपर्ने संस्था फरक फरक भई दुवै नेपाली संस्था भएमा कारोबार भएपछिको ३ दिन भित्र

-विद्युतीय भुक्तानीका माध्यमहरू जारी गर्ने संस्था र भुक्तानी जानुपर्ने संस्था फरक फरक भई कुनै एक विदेशी संस्था भएमा कारोबार भएपछिको ३० दिन भित्र

उपर्युक्त समयसीमाभित्र हिसाब मिलाउने दायित्व उपकरण जारी गर्ने र प्रयोग हुने दुवै संस्थाको हुन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार