Nepal Life

नेपाल लाइफको निर्वाचित अभिकर्ता संघले पायो बैधानिकता, विपक्षीको दाबी नपुगेपछि मुद्दा खारेज

Global Ime detail Page
  • BFIS News
  • 2024 May Tue 11:04
नेपाल लाइफको निर्वाचित अभिकर्ता संघले पायो बैधानिकता, विपक्षीको दाबी नपुगेपछि मुद्दा खारेज
Shikhar detail

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफले बैधानिकता पाएको छ । अभिकर्ता संघ नेपाल लाइफको विशेष अधिवेशनबाट निर्वाचित कार्यसमितिको विरुद्धमा परेको रिटलाई उच्च अदालत पाटनले दाबी नपुग्ने भन्दै खारेज गरिदिए पछि बैधानिकता पाएको छ । फैसालको पुर्ण पाठ आउन बाँकी छ ।

NIMB

पुनरावेदन अदालतले यस भन्दा अगाडी पुस २१ र २२ गते काठमाडौंमा सम्पन्न विशेष अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई कुनै पनि काम कारबाही नगर्न अन्तरिम आदेश दिएको थियो । विशेष अधिवेशनलाई विरोध गर्दै आएको कार्यसमितिका कतिपय अनसन्तुष्ट व्यक्तिहरुले पुनरावेदन अदालतमा रिट दायर गरेका थिए । उनिहरुले निर्वाचित शक्तिलाई रोक्न अदालतको सहारा लिएता पनि अन्तत अदालतले पनि उनिहरुलाई पन्छाइदिएको छ ।

यस सँगै अव विशेष अधिवेशनबाट निर्वाचित गणेश अधिकारीको कार्यसमिति वैधानिक भएको छ । अव यस कार्यसमितिले पुर्ण रुपमा काम गर्ने अधिकार समेत पाएको छ । उक्त अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा बद्रिनाथ ढकाल निर्वाचित भएका थिए  । त्यस्तै उपाध्यक्षहरुमा ओम प्रसाद ओली, किशोर राउत कमकर, रामचन्द्र बन्जाडे, रामशरण पोखरेल, रेशम सिंह ठकुरी, जुहारीलाल चौलागाई र देव प्रसाद जैसी निर्वाचित भएका थिए । 

सचिमा तेजमणी शर्मा, सहसचिमा यदुनन्द भण्डारी, सोमनाथ लुईटेल, गीता कार्की काफ्ले, कोषाध्यक्षमा विमला ढकाल अमगांई, सह कोषाध्यक्षमा लिला अधिकरी निर्वाचित भएका थिए । सदश्यहरुमा नरेन्द्र कुमार संग्रौला, सन्तोष शर्मा, राम बहादुर ओली, दामोदर सापकोटा, जानकी बोहरा विष्ट, नरेन्द्र प्रसाद जोसी, राजकुमार शर्मा, कमल प्रसाद सुवेदी, कृष्ण बहादुर रिमाल, शान्ता पाण्डे, सुरोज शिवाकोटी, मोहन सुन्दास, महानन्द सिटौला, गोविन्द प्रसाद भट्टराई, अनिता राई, झविन्द्र भट्टराई र तारा दाहाल अधिकारी निर्वाचित भएका थिए । 

एक हजार भन्दा ठुलो उपस्थितिमा भव्यताका साथ उद्घाटन भएको अधिवेशनलाई कानुन न्याय तथा संसदिय मामिला मन्त्री धनराज गुरुङले संबोधन गरेका थिए । पुर्वमेचीदेखि पश्चिम महाकालीसम्मका अभिकर्ताहरुको उपस्थिति रहेको अधिवेशनले सर्वसम्मत रुपमा पदाधिकारीहरुको निर्वाचन गरेको थियो । संघको निर्वाचन हुन नदिने र नचाहनेले विरोध गर्दै अदालतसम्म पुगे पनि अदालतले छलफलका लागि मात्रै बोलाए पछि अधिवेशन गरिएको थियो । अधिवेशन पछिको सुनुवाइका क्रममा अदालतले कार्यसमितिलाई आवश्यक काम कारबाही अगाडी नबढाउन आदेश जारी गरेका काण कार्यसमितिले आफुलाई अगाडी बढाउन सकेको थिएन ।

नेपालको जीवन बीमा उद्योगमा सबैभन्दा ठुलो हिस्सा रहेको नेपाल लाइफका अभिकर्ताको संख्या पनि सर्वाधिक धेरै रहेका छन् । कुल बीमा शुल्क आर्जनको २७ प्रतिशत हिस्सा ओगट्ने नेपाल लाइफका अभिकर्ताको हिस्सा पनि २० प्रतिशत भन्दा धेरै रहेको छ । हेटौडामा आह्वान गरिएको तेस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा कार्यसमिति गठन हुन नसके पछि पुस २० र २१ गते काठमाडौंमा विशेष अधिवेशन आह्वान गरिएको थियो । हेटौडाबाट दुई समुहमा विभाजन भएको कार्यसमितिलाई एक बनाएर विशेष अधिवेशन आयोजक समिति निर्माण गरिए पनि अन्तिम समयमा निवर्तमान कार्यसमितिको नेतृत्व गर्ने केहि व्यक्तिहरुले विवाद झिकेर बाहिरिएका थिए । उनिहरुले नियोजित रुपमा अदालतकै ढोका ढकढकाए पनि अन्तत अधिवेशन सम्पन्न भएको छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया