NIMB Header 2
Nepal Life

के बफेटले भनेजस्तै 'एआई' एटम बम नै हो त? जसमा विज्ञले जनाए आपत्ति

Citizen Life
  • BFIS News
  • 2024 May 21 13:48
के बफेटले भनेजस्तै 'एआई' एटम बम नै हो त? जसमा विज्ञले जनाए आपत्ति
National Life

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारे वारेन बफेटको चेतावनीलाई एक विशेषज्ञले अत्यन्त निराशावादी भनेका छन्। यसै महिना बर्कशायर हाथवेको वार्षिक शेयरधारक बैठकमा बफेटले एआई र एटम बम बीच तुलना गरेका थिए।

NIMB

बफेटले बोतलबाट अर्को जिन निकाल्ने प्रयास भइरहेको बताएका थिए। बफेटले भनेका थिए, 'जिनहरूको शक्तिले मलाई धेरै डराउँछ। हामी त्यो जिनलाई कहिल्यै नदेखौं भन्ने कामना गर्दछौं।'

यसमा प्रसिद्ध एआई विशेषज्ञ बाबक जाफरीले बफेटको दृष्टिकोण 'चरम निराशावाद' र 'अज्ञानता' मा आधारित रहेको टिप्पणी गरेका थिए।

जाफरी जर्जटाउनको म्याकडोनो स्कुल अफ बिजनेशका एसोसिएट प्रोफेसर हुन्। उनले एटम बमसँग एआईको तुलना उपयुक्त नहुने बताए। जाफरीले भने, 'आणविक ऊर्जा जस्तै एआईले धेरै क्षेत्रमा दक्षता र प्रगतिका लागि फाइदाहरू प्रदान गर्दछ। तर, सावधानीपूर्वक व्यवस्थापन गरिएन भने यसले जोखिम पनि ल्याउँछ।'

जाफरी मेसिन लर्निङ र प्राकृतिक भाषा प्रशोधन (NLP) मोडेल जस्ता क्षेत्रहरूका विशेषज्ञ हुन्। उनले काम, रचनात्मकता र समस्या समाधानमा क्रान्ति ल्याउने एआईको सम्भावनालाई प्रकाश पारेका छन्।

बफेटले व्यक्त गरेका थिए चिन्ता

बफेटले बर्कशायरको बैठकमा धोखाधडीलाई प्रमुख चिन्ताको रूपमा व्यक्त गरेका थिए। एआईले धोखाधडीलाई 'सर्वकालीन वृद्धि उद्योग' बनाउने भविष्यवाणी पनि उनले गरेको थिए। उनले ठट्टा गर्दै भनेका थिए कि उनको एउटा डिपफेक भिडियो यति विश्वासयोग्य बनाइएको थियो कि उनी झन्डै मूर्ख बने।

जाफरीले यस कुरामा सहमति पनि जनाए कि यो अहिले चिन्ताको विषय पनि होला किनभने एआई नियमन अझै प्रारम्भिक चरणमै भएको उनले बताए।

प्रविधिको गति र जटिलताले यसलाई नियमन गर्न अधिकारीहरूलाई गाह्रो बनाएको छ। इन्टरनेटले पनि सन् १९८० र १९९० को दशकमा यस्तै डर पैदा गरेको थियो। यद्यपि, नियमहरू लागू गर्ने र मानिसहरूलाई आत्म-सुरक्षाको बारेमा शिक्षित गर्ने संयोजनले टेक्नोलोजीलाई अपनाउन मद्दत गर्‍यो।

के साच्चै आर्टिफिसियल इन्टेलिजेन्सले जागिर नै खान्छ त?

के आर्टिफिसियल इन्टेलिजेन्सले कामदारहरूलाई प्रतिस्थापन गर्छ र? यसबारे जर्जटाउन युनिभर्सिटीका प्रोफेसरले भने कि एआईले अपरेशनल र डाटा सम्बन्धी कार्यहरू व्यवस्थापन गर्न सक्छ। यसले कर्मचारीहरूलाई रचनात्मक रूपमा समस्याहरू समाधान गर्न र नवीन परियोजनाहरूमा ध्यान केन्द्रित गर्न अनुमति दिन्छ।

उनले भने, 'यो परिवर्तनले थप सन्तोषजनक भूमिका निम्त्याउन सक्छ। यसले रचनात्मकतामा फोकस पनि बढाउन सक्छ।'

जाफरीले भने बफेट एआईसँग सम्बन्धित जोखिमहरूबारे स्पष्ट रूपमा सतर्क रहेका पनि बताए। यद्यपि, बफेटले सम्भावित सकारात्मक प्रभावहरूलाई भने बेवास्ता गर्दै यस्ता कुराहरु बोलिरहेका उनले बताए।

-सिएनएन

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया