NIMB Header 2
Nepal Life

अर्थमन्त्रीको सम्पत्ती : ३३ लाख ७० हजार नगद, रोल्पामा ८२० वर्ग मिटर जग्गा

National Life
  • BFIS News
  • 2024 May 21 16:14
अर्थमन्त्रीको सम्पत्ती : ३३ लाख ७० हजार नगद, रोल्पामा ८२० वर्ग मिटर जग्गा
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको सम्पत्ती विवरण सार्वजनिक भएको छ।  

अर्थमन्त्रीसँग रोल्पा जिल्लाको रोल्पा नगरपालिका-७ मा ८२० वर्ग मिटर पैतृक सम्पत्तीको रुपमा रहेको जग्गा रहेको छ। यस्तै, तलब भत्तावापत एनएमबी बैंकमा ३३ लाख ७० हजार ६१८ रुपैयाँ जम्मा रहेको छ।

Shikhar
NIMB

यस्तै पार्टीले दिएको हलुका सवारी साधन रहेको उल्लेख छ। पुनले कसैलाई ऋण दिएको वा लिएको उल्लेख गरेका छैनन्। साथै उनले सुनचाँदी समेत नरहेको विवरण उपलब्ध गराएका छन्।

यो बाहेक उनले अन्य कुनै सम्पत्ती नरहेको उल्लेख गरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार