Nepal Life

अदालतको फैसला पछि गणेश अधिकारीले डाके केन्द्रिय कार्यसमिति, नेपाल लाइफले माग पुरा गरे सम्पुर्ण टार्गेट पुर्याउने प्रतिवद्धता

Global Ime detail Page
  • BFIS News
  • 2024 May Tue 17:33
अदालतको फैसला पछि गणेश अधिकारीले डाके केन्द्रिय कार्यसमिति, नेपाल लाइफले माग पुरा गरे सम्पुर्ण टार्गेट पुर्याउने प्रतिवद्धता
Sanima Reliance

काठमाडौं । पुनरावेदन अदालत पाटनले विशेष अधिवेशनबाट निर्वाचित ‘पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफ’को पक्षमा फैसला गरे सँगै नव निर्वाचित अध्यक्ष गणेश अधिकारीले आगामी जेठ १२ र १३ गते बैठक डाकेका छन् ।

NIMB

अधिकारीले जेठ १४ गते सोमबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीलाई कम्पनीको तर्फबाट सञ्चालक तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरु सहितको संयुक्त बैठकका लागि समेत अनुरोध गरेका छन् ।

यि सबै छलफल तथा आगामी दिनको कार्ययोजनालाई अगाडी बढाउनका लागि बैठकमा बीमकको केन्द्रिय कार्यसमितिका ३३ जना, केन्द्रिय छाता संघठनका १७ जना प्रतिनिधि, ७ प्रदेशका अध्यक्षहरु र सल्लाहाकार सहित करिव ६०/६५ जनालाई बैठकमा बोलाइएको अध्यक्ष अधिकारीले जानकारी दिए । यसरी ६०/६५ जनाको प्रतिनिधिहरुले कम्पनीको तर्फबाट उपस्थित हुने सञ्चालक समितिका प्रतिनिधिहरु तथा उच्च व्यवस्थापन तहका प्रतिनिधिहरु सँग अभिकर्ताहरुका सवालहरुमा गहल छलफल गर्ने अधिकारीले बताए ।

यस क्रममा नेपाल लाइफका देशव्यापी रुपमा उपस्थिति हुने लिडरहरुले आ-आफ्ना समस्या तथा गुनासाहरु प्रस्तुत गर्ने छन् । अभिकर्ताहरुका प्रतिनिधिहरुले पेश गरेका हरेक गुनासहरुको जवाफ कम्पनीका आधिकारिक प्रतिनिधिहरुले दिनु पर्ने उनले बताए ।

नव निर्वाचित कार्यसमितिलाई काम गर्न नदिने गरि अदालत मार्फत सिर्जना गरिएको अवरोधको अन्त्य भए सँगै पहिलो पटक बस्न थालेको बैठकले जिल्ला स्तरका सबै कार्यसमितिलाई सक्रिय बनाइने अध्यक्ष अधिकारीले जानकारी दिए । सबै शाखा कार्यालयका खाताहरु चलायमान बनाउनुका साथै आजीवन सदश्यको संख्या वढाउने अभियान नै सञ्चालन गर्ने कार्यसमितिको योजना रहेको छ । शनिवार सचिवालय र सोमबार केन्द्रिय कार्यसमितिको बैठक बस्ने कार्यतालिका रहेको छ ।

नेपाल बीमा प्राधिकरणले पनि आगामी आइतबार अपरान्ह ३ बजे अभिकर्ताहरुलाई छलफलका लागि बोलाएको छ । यस छलफलमा पनि संघले अभिकर्ताहरुको पक्षमा आफ्ना आवाजहरु बुलन्द रुपमा राख्ने योजना बनाएको छ । अध्यक्ष अधिकारीले भने ‘हामी कुरा भन्दा पनि भकाभक काम गर्ने तयारीमा छौ ।’

संघले सबैभन्दा पहिला अहिलेको विषम परिस्थितिमा एजेन्सी म्यानेजरको कोड नविकरण गर्न नसक्नेहरुलाई बचाउने रणनीति बनाएको छ । अध्यक्ष अधिकारीले भने ‘अहिलेको विषम परिस्थितिको कारण गर्दा धेरै एजेन्सी म्यानेजरहरुले सेल्फ कोडमा विजनेस हाल्न नपाएर नविरकण गर्न सकिरहनु भएको छैन । हामी न्युनतममा नविकरण हुने गरी आगामी जेठ १५ गतेदेखि एउटा स्किमको रुपमा विद्यमान एजेन्सी म्यानेजर नविकरणको अभियान चलाउछौ ।’ उनले थपे ‘सबैभन्दा पहिला त साथिहरुलाई बचाउनु पर्यो । त्यस पछि हामी एक किस्ता बीमा शुल्क तिरेर छाडेका बीमितहरुको पोलिसीलाई सक्रिय बनाउने अभियानमा जुट्ने छौ ।’

नविकरण छुटका स्किमलाई अझै मिलाइ नसकिएका कारण त्यसलाई मिलाउने काममा अगाडी बढ्छौ, उनले थपे । चाइल्ड पोलिसीमा २५ वर्षको क्यापलाई हटाउन लगाउने अभिकर्ता संघको योजना रहेको छ । यस्ता मसिना मसिना कुराहरुले अभिकर्ताहरुलाई दुख दिएका कारण यि सबै कुराहरुलाई मिलाउने गरि अगाडी बढ्ने संघको कार्ययोजना छ । यस पछि अभिकर्ताहरुले केहि समयदेखि बोनसदरका विषयमा उठाएका मागहरुका विषयमा पनि छलफल गरेर अगाडी बढ्ने योजना बनाएका छन् ।

यि सबै समस्याहरुको समाधान गरेर कम्पनीलाई अव नयाँ मोडमा लैजान अभिकर्ताहरुले साथ दिने अधिकारीले प्रतिवद्धता समेत व्यक्त गरे । यदि नेपाल लाइफले अभिकर्ताका यि झिना मसिना मागहरु संबोधन गर्ने हो भने यस आर्थिक वर्षमा लिएको टार्गेटलाई सजिलै पुरा गराउने अधिकारीले प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले भने ‘यदि हाम्रा मागहरु पुरा गर्ने हो भने हामी नेपाल अधिराज्य भरका अभिकर्ताहरुलाई एकै पटक परिचालित गरेर कम्पनीले असार मसान्त भित्र लिएको टार्गेटलाई सहजै पुरा गरेर देखाउछौ ।’ उनले थपे ‘हामी अभियान बनाएरै लागि पर्छौ ।’

यस सँगै संघले कोर टिमको छलफल विना कम्पनीलाई कुनै पनि निर्णय एकलौटी रुपमा गर्न नदिने गरि अगाडी जाने रणनीति तय गरेको छ । यि सबै कामलाई तदारुकताका साथ अगाडी बढाउन संघले कम्पनी सँग सचिवालयको लागि व्यवस्था गर्न समेत अनुरोध गर्ने भएको छ । संघले आफुलाई पनि व्यवस्थित रुपमा अगाडी बढाउने योजना बनाएको अध्यक्ष अधिकारीले बताए ।

के हो विवाद

नेपाल बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफको विशेष अधिवेशनलाई लिएर यस भन्दा अघिल्लो कार्यसमितिले पुनरावेदन अदालतमा रिट दायर गरेको थियो । यस भन्दा अगाडीको अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बहुसंख्यक अभिकर्ताहरुले बहिष्कार गरेपछि विशेष अधिवेशन आह्वान गरिएको थियो । यसरी आह्वान गरिएको अधिवेशनमा यस भन्दा अगाडीको अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको समेत सहभागिता थियो । तर उक्त कार्यसमितिले आफ्नो समुहले हार्ने देखेपछि पुरानै कार्यसमिति सक्रिय रहदा रहदै किन विशेष अधिवेशन राख्नु पर्यो भन्दै अधिवेशन रोकि पाउ भनि पुनरावेदन अदालतमा रिट दायर गर्यो ।

रिटको सुनुवाइ हुँदा हुँदै विशेष अविवेशन सम्पन्न भयो । अधिवेशनबाट नयाँ कार्यसमिति गठन भयो । यस पछि सोहि समुहले नव निर्वाचित कार्यसमितिलाई काम गर्न नदिने गरि अर्को रिट दायर गर्यो । यसरी एक पछि अर्को रिट दायर गर्दै गर्दा पुनरावेदन अदालतले पनि नव निर्वाचित कार्यसमितिलाई यथास्थितिमा बसि कुनै पनि काम कारबाही अगाडी नबढाउन अन्तरिम आदेश जारी गर्यो । त्यस सँगै नव निर्वाचित कार्यसमिति निष्कृय जस्तै भयो ।

हिजो न्यायाधिशद्वय सुदर्शनराज पाण्डे र विदुर कोइरालाको संयुक्त इजलासले रिट निवेदक पेशागत बीमा अभिकर्ता, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो केन्द्रिय अधिवेशनबाट निर्वाचित बीमक समितिको तर्फबाट तेजप्रसाद तिवारी विरुद्ध विपक्षी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमक समितिको कार्यसमितिका अध्यक्ष गणेश अधिकारी समेतको उत्प्रेषण रिट निवेदनमा ‘यसमा निवेदन मागबमोजिम आदेश जारी हुन पर्ने अवस्था विद्यमान रहेको नदेखिदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ’ भनी आदेश जारी भयो ।

साथै निवेदक पेशागत बीमा अभिकर्ता, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो केन्द्रिय अधिवेशनबाट निर्वाति बीमक समितिसमेत विरुद्ध विपक्षी पेशागत बीमा अभिकर्ता संघ नेपाल केन्द्रिय कार्यसमिति भएको अदालतको अवहेलना मुद्दामा अदालतले ‘यस विपक्षीहरुलाई अदालतको अवहेलनामा कारबाही र सजाय गरिपाउँ भन्ने निवेदन मागदावी पुग्न नसक्ने ठहर्छ’ भनि फैसला गरेको छ । यस सँगै विशेष अधिवेशनको विरुद्धमा परेका दुबै रिट खारेज भएको छ र उनिहरु विफल भएका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया