Nepal Life

सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, लाभांश वितरणको प्रस्ताव पारित हुने

NMB Bank
  • BFIS News
  • 2024 May 22 08:36
सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, लाभांश वितरणको प्रस्ताव पारित हुने
National Life

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ। सभा बिहान १० बजे काठमाडौंको कालिकास्थानमा रहेको अमृतभोगमा आयोजना हुनेछ।

Shikhar
NIMB

सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित २३.८० प्रतिशत बोनस शेयर र १.२५२६ प्रतिशत नगद लाभांश गरी कुल २५.०५२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित हुनेछ।  

बोनस शेयर वितरणपश्चात चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ कायम हुने र नपुग पूँजी कायम गर्न उक्त पूँजीको २७ प्रतिशत हकप्रद जारी गर्ने र बोनस र हकप्रद पश्चात अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।

यस्तै कम्पनीको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७९/८० को वासलात नाफा-नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ।

आव २०८०/८१ का लागि लेखापरीक्षको नियुक्ती, सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसमेत पारित हुनेछ।  

कम्पनीले गत वैशाख २७ गते बुक क्लोज गरेको थियो। तसर्थ वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्रै सभामा सहभागी हुन र लाभांश पाउनेछन्।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया