Nepal Life

नेपाल पुनर्बीमा कम्पनी ४७ करोड ५६ लाख घाटामा, अन्य सूचक पनि खस्किए

NMB Bank
  • BFIS News
  • 2024 May 22 08:53
नेपाल पुनर्बीमा कम्पनी ४७ करोड ५६ लाख घाटामा, अन्य सूचक पनि खस्किए
National Life

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनी उच्च घाटामा देखिएको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा ४७ करोड ५६ लाख रुपैयाँ घाटा देखिएको हो। अघिल्लो आवको सोही  अवधिमा भने कम्पनीले १८ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  

Shikhar
NIMB

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि घटेको छ। कम्पनीले सो अवधिमा १ अर्ब २८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५.९५ प्रतिशतले कम हो।

कम्पनीको कुल आम्दानी पनि १५.८१ प्रतिशतले घट्दै १ अर्ब ७३ करोडमा सीमित बनेको छ। कम्पनीले लगानी तथा कर्जामार्फत ४० करोड ९७ लाख र ३ लाख १९ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ।

कम्पनीको कुल खर्च २३.४२ प्रतिशतले बढेर २ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा कम्पनीको कुल खर्च १ अर्ब ७९ करोड रुपैयाँ थियो।   

कम्पनीले सो अवधिमा १ अर्ब ४३ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको छ।

कम्पनीको महाविपत्ती कोषको आकार २६ करोड ७४ लाख र स्पेशल रिजर्भको आकार ३ अर्ब ८३ करोड रुपैयाँबराबर रहेको छ।

कम्पनीको रिटेन्ड अर्निङ ७०.७२ प्रतिशतले घट्दै १९ करोड ६९ लाख रुपैयाँमा सीमित बनेको छ।  

१२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको चालु आवको समीक्षा अवधिमा कमिसन खर्च ६७ करोड ५२ लाख रुपैयाँ रहेको छ।

यस्तै कम्पनीको प्रतिशेयर आम्दानी (इपिएस) ३.७१ रुपैयाँ ऋणात्मक रहेको छ। प्रतिशेयर नेटवर्थ १३९.१४ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य २२५.८० रुपैयाँ र पिइ अनुपात १६६.७४ गुणा कायम भएको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया