Nepal Life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा झापाको भद्रपुरमा

NMB Bank
  • BFIS News
  • 2024 May 22 16:57
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा झापाको भद्रपुरमा
National Life

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ। बैंकले भद्रपुर नगरपालिका वडा नं. ५ मा बुधबारदेखि भद्रपुर शाखा सञ्चालनमा ल्याएको हो।

Shikhar
NIMB

यो शाखा गरी बैंकको शाखा संख्या २७२ पुगेको छ। नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरू भएको छ।

बैंकका प्रदेश प्रमुख राजिव गजुरेलले नयाँ शाखाको उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख गजुरेलले नयाँ शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए।

हाल बैंकको २७२ शाखा कार्यलय, ६४ वटा एक्सटेन्सन काउन्टर, ८८ वटा शाखा रहित बैंकिङ र २६५ वटा एटिएम रहेको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया