NIMB Header 2
Nepal Life

अनुसन्धान गर्न सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश

National Life
  • BFIS News
  • 2024 May 22 17:08
अनुसन्धान गर्न सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश
Sanima Reliance

काठमाडौं। नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरिएको छ।

Shikhar
NIMB

जिल्ला अदालत धनुषा, जनकपुरधामका न्यायाधीश चुरामन खड्काको एकल इजलासले आज अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रन्जन अवाले जानकारी दिए। यसअघि प्रहरीले आज बिहान ११ बजे उनलाई जिल्ला अदालतमा उपस्थित गरी पाँच दिनको समय माग गरेको थियो।

अध्यक्ष सिरोहियाविरुद्ध नागरिकता सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले मङ्गलबार पक्राउ पुर्जी जारी गर्न आदेश दिएको थियो। लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई कान्तिपुर पब्लिकेसनको थापाथलीस्थित उनकै कार्यकक्षबाट पक्राउ गरेको थियो। उनलाई थप अनुसन्धानका लागि आज बिहान जनकपुर ल्याइपुर्‍याइएको थियो।

अध्यक्ष सिरोहियाको दोहोरो तथा कीर्ते नागरिकता रहेको भन्ने विषयमा छानबिन गर्न सर्लाहीका इन्द्रजित महतोले गत वैशाख १६ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए। सो उजुरीमा फरक-फरक नम्बरका नागरिकता प्रयोग गरिरहको भन्दै नागरिकता ऐन, २०६३  अनुसारको कसुर छानबिन गर्न माग गरिएको थियो। सोही उजुरीका आधारमा अध्यक्ष सिरोहियामाथि अनुसन्धान तथा छानबिन गर्न जिल्ला अदालतले मङ्गलबार पक्राउ पुर्जी आदेश दिएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार