Nepal Life

सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभाबाट लाभांश पारित, सञ्चालकमा स्नेहा निर्विरोध

Global Ime detail Page
  • BFIS News
  • 2024 May Wed 17:50
सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभाबाट लाभांश पारित, सञ्चालकमा स्नेहा निर्विरोध
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सातौं वार्षिक सााधारण सभा सम्पन्न भएको छ। सभाले कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद लाभांश गरी कुल २५.०५२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ।  

NIMB

साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत भएको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण, सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको आर्थिक बर्ष २०७९/०८० को वित्तीय विवरणहरु सहितको एकीकृत वित्तिय विवरण पनि पारित गरिएको छ ।

यस्तै, सर्वसाधारण समूहबाट सञ्चालकमा स्नेहा शर्मा निर्विरोध निर्वाचित भएकी छन्। कम्पनीमा सञ्चालकको रुपमा उनको कार्यकाल ४ वर्षको हुनेछ।    

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया