Nepal Life

कुल गार्हस्थ्य उत्पादनमा बागमति प्रदेशको योगदान ३६.४ प्रतिशत, कसको कति ?

Global Ime detail Page
  • BFIS News
  • 2024 May Wed 19:05
कुल गार्हस्थ्य उत्पादनमा बागमति प्रदेशको योगदान ३६.४ प्रतिशत, कसको कति ?
Sanima Reliance

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको एक अध्ययनले नेपालको कुल गार्हस्थ उत्पादन बागमति प्रदेशको योगदान ३६.४ प्रतिशत देखिएको छ । अर्थतन्त्रका विविध पक्षलाई मापन गरी कार्यालयले चालु आ.व. २०८०/८१ का लागि प्रदेशस्तरको कुल गार्हस्थ्य उत्पादन लगायतका केही प्रमुख आर्थिक सूचक निर्माण गरी प्रकाशन गरेको हो ।

NIMB

राष्ट्रिय लेखा अनुमान गर्ने क्रममा चालु आ.व. २०८०/८१ का लागि पहिलो छ देखि नौ महिनासम्मका उपलब्ध आँकडा तथा सूचना प्रयोग गरी बाँकी अवधिको अवस्था सामान्य रहने अपेक्षा सहित तथ्याङ्कीय विधिबाट राष्ट्रिय लेखाका प्रारम्भिक अनुमान तयार गरिएको हो। त्यसैगरी उपलब्ध तथ्याङ्कका आधारमा अघिल्लो आ.व. २०७९/८० को संशोधित अनुमान र त्योभन्दा अघिल्लो आ.व. २०७८/७९ को अन्तिम तथ्याङ्क सार्वजनिक गरेको छ ।

. अर्थन्त्रको आकार र प्रादेशिक योगदान  

चालु आ.व. २०८०/८१ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ५७ खर्ब ५ अर्ब हुने अनुमान गरिएकोमा बागमती प्रदेशले ३६.४ प्रतिशत, कोशी प्रदेशले १५.८ प्रतिशत, लुम्बिनी प्रदेशले १४.३ प्रतिशत, मधेश प्रदेशले १३.१ प्रतिशत, गण्डकी प्रदेशले ९.१ प्रतिशत, सुदुर पश्चिम प्रदेशले ७.१ प्रतिशत र कर्णाली प्रदेशले ४.३ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान रहेको छ।

गत आ.व. २०७९/८० को संशोधित अनुमानबमोजिम कुल गार्हस्थ उत्पादनमा प्रादेशिक योगदान सिमान्त रूपमा मात्र परिवर्तन भएको छ। गत वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनमा कोशी, मधेश, कर्णाली र सुदुर पश्चिमको योगदान सिमान्त रूपमा घटेको छ भने बाँकि प्रदेशको योगदान सिमान्त रूपमा बढेको छ। चालु आ.व. २०८०/८१ का लागि प्रारम्भिक अनुमान गरिएको प्रादेशिक अर्थतन्त्रको आकार चित्र १ मा प्रस्तुत गरिएको छ।

चित्र १ अर्थतन्त्रको आकार (आ.व. २०८०/८१)

. प्रादेशिक आर्थिक वृद्धिदर

चालु आ.व. २०८०/८१ को प्रारम्भिक अनुमानबमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै (४.५५ प्रतिशत) गण्डकी प्रदेशमा र त्यसपछिको धेरै (४.०५ प्रतिशत) लुम्बिनी प्रदेशमा देखिन्छ। त्यसैगरी, सबैभन्दा थोरै वृद्धिदर (३.३९ प्रतिशत) कर्णाली प्रदेशमा हुने प्रारम्भिक अनुमान रहेको छ। उपभोक्ताको मूल्यमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकि प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान रहेको छ। आ.व. २०८०/८१ को प्रारम्भिक अनुमान, आ.व. २०७९/८० को संशोधित अनुमान तथा आ.व. २०७८/७९ को अन्तिम तथ्याङ्कबमोजिमको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चित्र २ मा प्रस्तुत गरिएको छ। जसअनुसार सबै प्रदेशमा आ.व. २०७८/७९ को वृद्धिदरभन्दा आ.व. २०७९/८० को वृद्धिदर कम देखिन्छ भने आ.व. २०७९/८० को वृद्धिदरभन्दा आ.व. २०८०/८१ को वृद्धिदर धेरै रहेको देखिन्छ।

चित्र २ प्रादेशिक कुल गार्हस्थ्य उत्पादन वृद्धिदर

. औद्योगिक वर्गीकरणअनुसारको प्रादेशिक कुल मूल्य अभिवृद्धि तथा वृद्धिदर

औद्योगिक वर्गीकरण अनुसारको आर्थिक क्रियाकलापलाई हेर्दा गत आ.व. र यस आ.व.मा बागमती प्रदेश बाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ भने बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ । चालु आ.व. २०८०/८१ मा राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्रले मधेश प्रदेशमा पनि दोस्रो हिस्सा नै ओगटेको देखिन्छ। त्यसैगरी, बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोवार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो स्थानमा रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा रहेको देखिन्छ। बागमती र मधेश प्रदेश बाहेक सबै प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबै भन्दा न्यून देखिन्छ भने बागमतीमा पानी आपुर्ती तथा फोहर व्यवस्थापनसम्बन्धी क्रियाकलाप र मधेशमा खनिज तथा उत्खनन् क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ।

चालु आ.व. २०८०/८१ को औद्योगिक वर्गीकरणअनुसार औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर राष्ट्रिय तहमा आवास तथा भोजन सेवाको सबैभन्दा धेरै (२१.८४ प्रतिशत) रहने प्रारम्भिक अनुमान गरिएकोमा लुम्बिनी प्रदेश बाहेक अन्य सबै प्रदेशको सबैभन्दा धेरै वृद्धिदर यही क्षेत्रको रहने प्रारम्भिक अनुमान गरिएको छ। लुम्बिनी प्रदेशमा विद्युत क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै देखिन्छ। त्यसैगरी सुदुरपश्चिम र कोशी प्रदेशमा उद्योग (Manufacturing) क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून रहेको देखिन्छ भने अन्य प्रदेशमा निर्माण क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून देखिन्छ। निर्माण क्षेत्रको वृद्धिदर सबै प्रदेशमा ऋणात्मक देखिन्छ भने उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिदर कर्णाली प्रदेश बाहेक अन्य प्रदेशमा ऋणात्मक देखिन्छ। राष्ट्रिय तहमा पनि यी दुर्इ क्षेत्रको वृद्धिदर ऋणात्मक रहने प्रारम्भिक अनुमान गरिएको छ।

३.१ कोशी प्रदेश

कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आ.व. २०८०/८१ का लागि करिब रु. ९ खर्ब ३ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आ.व. २०७९/८० मा करिब रु. ८ खर्ब ४९ अर्ब रहने संशोधित अनुमान गरिएको छ। चालु आ.व. मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.८४ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। गत आ.व. २०७९/८० मा यस प्रदेशले १५.८८ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आ.व. २०८०/८१ मा ३.५१ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आ.व. २०७९/८० मा २.१३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। चालु आ.व. २०८०/८१ मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (३२.८० प्रतिशत) योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.३२ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ।गत आ.व. २०७९/८० मा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान (३२.६८ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान (०.३१) मा रहने संशोधित अनुमान गरिएको छ। कोशी प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आ.व. २०८०/८१ का लागि कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै (२२.३२ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (-२.६७ प्रतिशत) उत्पादनमुलक उद्योग क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, गत आ.व. २०७९/८० का लागि कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै (२६.३० प्रतिशत) विद्युत क्षेत्रको र सबैभन्दा थोरै (-२.९६ प्रतिशत) थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ।

३.२ मधेश प्रदेश

मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आ.व. २०८०/८१ का लागि करिब रु. ७ खर्ब ४८ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आ.व. २०७९/८० मा करिब रु. ७ खर्ब ३ अर्ब रहने संशोधित अनुमान गरिएको छ। चालु आ.व. मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १३.१२ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। गत आ.व. २०७९/८० मा यस प्रदेशले १३.१४ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आ.व. २०८०/८१ मा ३.७८ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आ.व. २०७९/८० मा १.५० प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। चालु आ.व. २०८०/८१ मा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (३५.१९ प्रतिशत) योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.१५ प्रतिशत) योगदान खानी तथा उत्खनन् क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ। गत आ.व. २०७९/८० मा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान (३४.८१ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान र खानी तथा उत्खनन् क्षेत्रको योगदान अन्तिम स्थान (०.१६) मा रहने संशोधित अनुमान गरिएको छ। मधेश प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आ.व. २०८०/८१ का लागि कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै (२१.९५ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (-२.१९ प्रतिशत) निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, गत आ.व. २०७९/८० का लागि कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै (१५.६९ प्रतिशत) विद्युत क्षेत्रको र सबैभन्दा थोरै (-३.३६ प्रतिशत) थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ।

३.३ बागमती प्रदेश

बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आ.व. २०८०/८१ का लागि करिब रु. २० खर्ब ७५ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आ.व. २०७९/८० मा करिब रु. १९ खर्ब ३८ अर्ब रहने संशोधित अनुमान गरिएको छ। चालु आ.व. मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ३६.३६ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ । गत आ.व. २०७९/८० मा यस प्रदेशले ३६.२२ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आ.व. २०८०/८१ मा ३.९६ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आ.व. २०७९/८० मा १.७७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। चालु आ.व. २०८०/८१ मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (२१.५३ प्रतिशत) योगदान थोक तथा खुद्रा व्यापार, मोटर भेहिकल मर्मत क्षेत्रको रहने र सबैभन्दा न्यून (०.२८ प्रतिशत) योगदान पानी आपुर्ति तथा फोहर व्यवस्थापन क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ। गत गत आ.व. २०७९/८० मा पनि थोक तथा खुद्रा व्यापार, मोटर भेहिकल मर्मत क्षेत्रको योगदान अग्रस्थान (२१.९८ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान र पानी आपुर्ति तथा फोहर व्यवस्थापन क्षेत्रको योगदान अन्तिम स्थान (०.३० प्रतिशत) मा रहने संशोधित अनुमान गरिएको छ। बागमती प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आ.व. २०८०/८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२०.९३ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (-२.७१ प्रतिशत) निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, गत आ.व. २०७९/८० का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (१८.७० प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (-२.९८ प्रतिशत) थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ।

३.४ गण्डकी प्रदेश

गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आ.व. २०८०/८१ का लागि करिब रु. ५ खर्ब १७ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आ.व. २०७९/८० मा करिब रु. ४ खर्ब ८४ अर्ब रहने संशोधित अनुमान गरिएको छ। चालु आ.व. मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ९.०६ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। गत आ.व. २०७९/८० मा पनि यस प्रदेशले ९.०६ प्रतिशत नै योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आ.व. २०८०/८१ मा ४.५५ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आ.व. २०७९/८० मा ३.३० प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। चालु आ.व. २०८०/८१ मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (२५.७२ प्रतिशत) योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.३१ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ। गत गत आ.व. २०७९/८० मा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान (२५.४३ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान (०.३१) मा रहने संशोधित अनुमान गरिएको छ। गण्डकी प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आ.व. २०८०/८१ का लागि कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै (२२.८४ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (-१.९६ प्रतिशत) निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, गत आ.व. २०७९/८० का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२१.९७ प्रतिशत) विद्युत क्षेत्रको र सबैभन्दा थोरै (-२.७६ प्रतिशत) थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ।

 

३.५ लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आ.व. २०८०/८१ का लागि करिब रु. ८ खर्ब १४ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आ.व. २०७९/८० मा करिब रु. ७ खर्ब ६४ अर्ब रहने संशोधित अनुमान गरिएको छ। चालु आ.व. मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १४.२६ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। गत आ.व. २०७९/८० मा यस प्रदेशले १४.२९ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आ.व. २०८०/८१ मा ४.०५ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आ.व. २०७९/८० मा १.९९ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। चालु आ.व. २०८०/८१ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (२९.६३ प्रतिशत) योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.३४ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ। गत गत आ.व. २०७९/८० मा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान (२९.२७ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान (०.३३ प्रतिशत) मा रहने संशोधित अनुमान गरिएको छ। लुम्बिनी प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आ.व. २०८०/८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२८.९३ प्रतिशत) विद्युत क्षेत्रको र सबैभन्दा थोरै (-१.४३ प्रतिशत) उत्पादनमूलक उद्योग क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, गत आ.व. २०७९/८० का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२०.५७ प्रतिशत) विद्युत क्षेत्रको र सबैभन्दा थोरै (-३.१४ प्रतिशत) थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ।

३.६ कर्णाली प्रदेश

कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आ.व. २०८०/८१ का लागि करिब रु. २ खर्ब ४४ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आ.व. २०७९/८० मा करिब रु. २ खर्ब २९ अर्ब रहने संशोधित अनुमान गरिएको छ। चालु आ.व. मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ४.२८ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। गत आ.व. २०७९/८० मा पनि यस प्रदेशले ४.२८ प्रतिशत नै योगदान पुर्याउने संशोधित अनुमान रहेको छ। त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आ.व. २०८०/८१ मा ३.३९ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आ.व. २०७९/८० मा १.९६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। चालु आ.व. २०८०/८१ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (२९.५१ प्रतिशत) योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.१७ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ। गत गत आ.व. २०७९/८० मा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान (२९.३२ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान (०.१६) मा रहने संशोधित अनुमान गरिएको छ। कर्णाली प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आ.व. २०८०/८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२२.५२ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (-१.०२ प्रतिशत) निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, गत आ.व. २०७९/८० का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२१.८७ प्रतिशत) विद्युत क्षेत्रको र सबैभन्दा थोरै (-२.३१ प्रतिशत) थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ।

३.७ सुदुरपश्चिम प्रदेश

सुदुरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा चालु आ.व. २०८०/८१ का लागि करिब रु. ४ खर्ब ४ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आ.व. २०७९/८० मा करिब रु. ३ खर्ब ८१ अर्ब रहने संशोधित अनुमान गरिएको छ। चालु आ.व. मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ७.०९ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। गत आ.व. २०७९/८० मा यस प्रदेशले ७.१३ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ।

त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आ.व. २०८०/८१ मा ३.४१ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आ.व. २०७९/८० मा १.५२ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। चालु आ.व. २०८०/८१ मा सुदुरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (३३.०० प्रतिशत) योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.१३ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ। गत गत आ.व. २०७९/८० मा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान (३२.४५ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान (०.१२) मा रहने संशोधित अनुमान गरिएको छ।

सुदुरपश्चिम प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आ.व. २०८०/८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२२.३३ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (-१.८२ प्रतिशत) उत्पादनुमुलक उद्योग क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरी, गत आ.व. २०७९/८० का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (१७.८१ प्रतिशत) विद्युत क्षेत्रको र सबैभन्दा थोरै (-२.९६ प्रतिशत) थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ।

४. प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन

चालु आ.व. २०८०/८१ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा थोरै मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान रहेको छ। गत आ.व. २०७९/८० मा पनि प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा थोरै मधेश प्रदेशको रहने संशोधित अनुमान गरिएको छ।

चालु आ.व. २०८०/८१ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यू.एस. डलरमा बागमती प्रदेशको २४८४, गण्डकी प्रदेशको १५५७, कोशी प्रदेशको १३३६, लुम्बिनी प्रदेशको ११५९, सुदुरपश्चिम प्रदेशको ११११, कर्णाली प्रदेशको १०६६ र मधेश प्रदेशको ८९२ हुने प्रारम्भिक अनुमान गरिएको छ। चालु आ.व. २०८०/८१ का लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन यू.एस. डलरमा १४३४ हुने प्रारम्भिक अनुमान गरिएको छ।

यस हिसाबले बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औषतभन्दा कम रहेको देखिन्छ। प्रादेशिक प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनसम्बन्धी विस्तृत विवरण चित्र ३ मा प्रस्तुत गरिएको छ।

चित्र ३ प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया