नविल बैंकले बनायो लगातार तीन दिनदेखि हरियो क्याण्डल, नाफामा पहिलो स्थान बनाएको बैंकको शेयरमा कति लाभ (विश्लेषण)

  • अरुण सापकोटा
  • 2024 May Thu 11:44
नविल बैंकले बनायो लगातार तीन दिनदेखि हरियो क्याण्डल, नाफामा पहिलो स्थान बनाएको बैंकको शेयरमा कति लाभ (विश्लेषण)

काठमाडौं । नविल बैंकले लगातार तीन दिनदेखि हरियो क्याण्डल बनाएको छ । बैंकिङ इन्डेक्समा देखिएको बुलिस ट्रेण्डको सर्वाधिक फाइदा नविल बैंकका शेयरधनीले लिएका छन् । पछिल्लो तिन दिनमा नविल बैंकको शेयर मूल्य ७३ रुपैयाँले बढेको छ । त्यस्तै १० दिन अगाडी बैंकको शेयर मूल्य वर्षदिन यताकै सर्वाधिक तल्लो विन्दुमा झरेको थियो । यसरी १० दिनकै अवधिमा बैंकको शेयर मूल्य ४२२ रुपैयाँबाट ५१५ रुपैयाँ पुगेको छ ।

 

अर्को तर्फ तीन दिनदेखिको हरियो क्याण्डलले ‘बुलिस मारुबोजु क्याण्डल’ बनाएको छ । यो प्याट्रन अनुसार शेयरधनीहरुले आगामी कारोबारमा ५८८ रुपैयाँको टार्गेट तय गर्न सक्ने देखिएको छ । फाइनान्स, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावरबाट राम्रो नाफा बुक गरेका लगानीकर्ताको रोजाइमा बाणिज्य बैंकहरु परे सँगै समग्र नेप्से सूचक दोहोरो अंकले बढ्दै आइरहेको छ ।

सधै लगानीकर्ताको सर्वाधिक रोजाइमा पर्ने नविल बैंकको शेयर मूल्य यस वर्ष भने खासै माथि जान सकिरहेको थिएन् । लामो समयदेखि बजार वियरिस ट्रेण्डमा रहदा सबैभन्दा ठुलो असर बाणिज्य बैंकहरुको शेयरमा देखिएको छ । विग मर्जर तथा पूँजी बृद्धिका कारण बाणिज्य बैंकको शेयर सप्लाइ अत्याधिक धेरै छ । यसले गर्दा पनि यस पटक दोस्रो बजारमा सबैभन्दा धेरै बाणिज्य बैंकका शेयरधनीले गुमाउनु पर्यो ।

यस भन्दा अगाडीको बुलमा नविल बैंकको शेयर मुल्य १७ सय नाघ्यो । त्यस पछिको वियरिस बजारमा कम्पनीको शेयर मूल्य सर्वाधिक तल झर्ने क्रममा ४१९ रुपैयाँसम्म झर्यो । त्यसैले पनि यो समयमा नविल बैंकको शेयरमा लगानी गर्दा लगानीकर्तालाई राम्रो हुने देखिन्छ । अहिलेको शेयर मूल्यका आधारमा नविल बैंकको बजार पूँजीकरण एक खर्ब ३९ अर्ब रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिसम्मको वित्तीय विवरण अनुसार नविल बैंकले सर्वाधिक धेरै मुनाफा आर्जन गरेको छ । बैंकले ९ महिनाको अवधिमा ४ अर्ब ६६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । आर्थिक मन्दीका कारण केहि ऋणीहरुले सावा तथा व्याज भुक्तानी गर्न नसक्दा खराव कर्जा बढेको छ । बैंकहरुले खराव कर्जालाई प्रोभिजनिङ गर्नु परेकाले पनि मुनाफामा नराम्रो असर परेको हो । बैंकको खुद व्याज आम्दानी बढेको छ । निक्षेप तथा कर्जा प्रवाहमा राम्रो सुधार देखिदै आएको छ । अहिलेको अवस्थामा केहि कर्जामा समस्या देखिए पनि भोलिका दिनमा ति कर्जा राम्रो हुने वित्तीकै प्रोभिजनिङ हट्नेछ र मुनाफामा थप सुधार हुने पक्का छ ।

बैंकको चुक्ता पूँजी २७ अर्ब ७८ करोड रुपैयाँ छ । बैंकले यस वर्ष नगद लाभांश मात्रै दिएर प्रतिशेयर आम्दानीलाई कायम राख्ने रणनीति लिएको छ । खराव कर्जाका कारण मुनाफामा दावव परिरहेको सन्दर्भलाई विश्लेषण गर्दै बैंकले यस वर्ष बोनस शेयर दिएन । यसको प्रभाव चालु आर्थिक वर्षको वित्तीय विवरणमा पर्नेछ । बैंकको जगेडा कोषमा २९ अर्ब ३२ करोड छ । यसरी पूँजी भन्दा धेरै जगेडा कोष बनाइसकेको नविल बैंकले पूँजीकोषलाई दवाव पार्न नदिन आगामी वर्ष पनि नगद लाभांशलाई खासै ठुलो जोड गर्ने देखिदैन । गएको वर्ष नगद दिएको बैंकले यस वर्ष बोनस शेयर दिएर चुक्ता पूँजी थप बढाउने नीति लिन सक्छ ।

नविल भन्दा धेरै पूँजी रहेका ग्लोबल आइएमई तथा नेपाल इन्भेष्टमेन्ट बैंकको ३४ अर्ब भन्दा माथि छ । दोस्रो बजारमा नविल बैंकको शेयर मूल्य राम्रो हुनुको अर्को कारण तुलनात्मक रुपमा शेयर सप्लाइ कम छ । नविलको ४० प्रतिशत शेयर मात्रै सर्वसाधारण समुहमा रहेको छ । अधिकाम्स बैंकहरुले सर्वसाधारण समुह तर्फको शेयर ४९ प्रतिशत पुर्याइसकेका छन् । यसले गर्दा सप्लाइ एकदमै बढि हुन जान्छ ।

नविल बैंकमा विदेशी लगानीकर्ताको स्वामित्व ४७.६५ प्रतिशत छ । त्यसमा पनि सर्वाधिक ठुला लगानीकर्ता जम्मा ५ जना मात्रै हो । जसमा एन.बी. इन्टरनेशनलको ३९.४४ प्रतिशत, आइएफआइसी बैंक पिएल सी बंगालदेशको ७.७७ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ७.६३ प्रतिशत, निर्वाण कुमार चौधरीको ०.७० प्रतिशत र बरुण चौधरीको ०.६७ प्रतिशत लगानी रहेको छ । यसले गर्दा अन्य लगानीकर्ताको हाबी कम छ । दोस्रो बजारमा माथिको शेयर कारोबार हुने सम्भावना ज्यादै न्युन रहन्छ । यस बाहेकको शेयर मात्रै खरिद बिक्री हुने भएकाले बजार बढ्दा नविल बैंकको शेयरमूल्य पनि राम्रो सँग बढ्ने सम्भावना हुने विश्लेषकहरु बताउछन् ।

आकर्षक लाभांश इतिहास

नविल बैंकले अहिलेको विषम आर्थिक मन्दीको अवस्थालाई मध्यनजर गर्दै गएको वर्ष सबैभन्दा कम ११ प्रतिशत नगद लाभांश दियो । जसको फाइदा आगामी आर्थिक वर्षमा लगानीकर्ताले उठाउने निश्चित छ । गएको आर्थिक वर्षलाई अपवाद मान्ने हो भने नविल बैंकले कहिल्यै पनि ३० प्रतिशत भन्दा तल लाभांश दिएको इतिहास थिएन ।

नेपाल राष्ट्र बैंकले न्युनतम चुक्ता पूँजी बढाउदा पनि नविल बैंकले हकप्रद शेयर निष्काशन गर्नु परेन । बैंकले अहिलेसम्म पनि शेयरधनीहरु सँग हकप्रद बापत पैसा उठाएको छैन । नेपाल अरब बैंकको रुपमा स्थापन भएको नबिल बैंकमा युएईका लगानीकर्ता बाहिरिए पछि त्यसको बहुमत स्वामित्व विनोद चौधरीको परिवारले खरिद गरेको थियो । २०४१ सालमा स्थापना भएको यस बैंकले २०४४ सालमा प्रतिकित्ता ६० रुपैयाँको दरले आइपिओ निष्काशन गरेको थियो । आइपिओ निष्काशनका क्रममा शेयर खरिद गर्नेहरु आजका दिनमा करोडपति भइसकेका छन् । बैंकको शेयरबाट लगानीकर्ताको लाभांशका साथै दोस्रो बजारबाट अर्बौ रुपैयाँको पूँजीगत लाभ आर्जन गरिसकेका छन् ।

यहि कारणले विगतका वर्षमा ब्लुचिप कम्पनीको रुपमा परिचित नविल बैंकले गएको वर्षमा बाहेक हरेक वर्ष आकर्षक लाभांश दिएको छ साथै आगामी दिनमा पनि आकर्षक लाभांश दिन सामर्थ्य राख्छ ।

नम्बर वान बैंकको शाख राख्न सदैव प्रयत्नसिल

सामान्य अवस्थामा जुन सुकै बैंक वित्तीय संस्था तथा सहकारीले निक्षेपकर्ता तथा ऋणीलाई राम्रो सेवा प्रवाह गर्छन् । जव आर्थिक मन्दी तथा जटिल परिस्थिति आउछ तव बैंकको स्ट्रेन्थ देख्न सकिन्छ । अहिलेको आर्थिक मन्दीमा अन्य बैंकहरुले ठुलो समस्या झेलिरहदा नविल बैंकले भने निक्षेप तथा कर्जा विस्तार दुबैमा राम्रो सुधार गर्न सफल भएको छ । बैंकहरु ठुब्दै भन्ने हल्ला गर्दा सर्वसाधारण निक्षेपकर्ताको पहिलो रोजाइमा नविल बैंक बन्यो ।

यहि साखलाई कायम राख्न नविल बैंकले आन्तरिक व्यवस्थापनलाई एकदमै मजबुद बनाउने गरेको छ । पूँजी बृद्धि पछि आक्रामक रुपमा आएका केहि बैंकहरुले नविल बैंकलाई नै उछिन्न भ्याएका थिए । अहिले ति सबै बैंक पछाडी परेका छन् । सामान्य अवस्थामा राष्ट्रिय बाणिज्य बैंक, एनआइसी एशिया बैंक तथा ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकहरुले पनि राम्रै टक्कर दिए । तर कालान्तरमा नविल बैंकले यि सबै चुनौतीहरुलाई सामना गर्दै नम्बर वानको ताजलाई कायम राख्न सफल भएको छ । बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरि पूँजी तथा जगेडा दुबैमा सुधार गर्न सफल भएको छ । एउटा सवल बैंकले सबैभन्दा कमजोर बैंकलाई प्राप्ती गरि जुन किसिमको सिनर्जी प्राप्त गर्यो यसले पनि नेपालको बैंकिङ इतिहासमा उदाहरण कायम गरेको छ ।

मर्जर पछि शक्तिशाली बनेका नविल, ग्लोबल र नेपाल इन्भेष्टमेन्ट बने बलिया प्रतिस्पर्धी, हेर्नुहोस् कसको सूचक कस्तो ?

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया