भित्रैबाट ग्रुम गर्यो राष्ट्रिय बाणिज्य बैंकले सिइओ, खुला प्रतिस्पर्धाबाट देबेन्द्ररमण खनाल चार वर्षका लागि नियुक्त

  • BFIS News
  • 2024 May Thu 14:17
भित्रैबाट ग्रुम गर्यो राष्ट्रिय बाणिज्य बैंकले सिइओ, खुला प्रतिस्पर्धाबाट देबेन्द्ररमण खनाल चार वर्षका लागि नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्ररमण खनाल नियुक्त भएका छन्।  बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

दुई कार्यकाल सफलतापुर्वक सम्पन्न गरेर बाहिरिएका किरण कुमार श्रेष्ठको पदचापलाई निरन्तरता दिन बैंकले भित्रैबाट खनाललाई ग्रुम गरेको हो । सञ्चालक समितिले उनलाई आगामी ४ वर्षको नेतृत्व सुम्पिएको छ । पेशाले चार्टर्ड एकाउण्टेण्ट समेत रहेका खनाल १६ वर्ष अघि राष्ट्रिय वाणिज्य बैंकमा प्रवेश गरेका थिए । ८ औं तहबाट वाणिज्य बैंकमा सेवा सुरु गरेका खनालले बैंक व्यवस्थापनको नेतृत्व सक्हाल्ने अवसर पाएका छन् । १६ वर्षको अवधिमा खनालले बैंकमा शाखा प्रबन्धक, प्रदेश प्रमुख, विभागीय प्रमुख, नायब तथा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् ।

श्रेष्ठले दुई कार्यकाल पुरा गरेर बाहिरिएको भोलिपल्टै खनालले कार्य कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्लाल्दै आएका थिए । अव उनि कार्यबहाकबाट सिधै पुर्ण कार्यकारी भुमिकामा आएका छन् । 

बैंक सञ्चालक समितिले बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदपूर्ती गर्नका लागि आवेदन माग गरेकोमा २० जनाले आवेदन दिएका थिए । सोमध्येबाट खनाल सहित ५ जनाको नाम सर्टलिष्ट भएको थियो । सोही सर्टलिष्टबाट बिहीबार बैंक सञ्चालक समितिले खनाललाई बैंक व्यवस्थापनको नेतृत्व जिम्मा लगाउने निर्णय गरेको हो ।

बैंकले खुला प्रतिस्पर्धाबाट खनाललाई नियुक्त गरेको हो । व्यवस्थापनमा मास्टर, कानूनमा एलएलबी गरेको खनाललाई अवका दिनमा बैंकको खराव कर्जामा सुधार ल्याउदै डिजिटल बैंकिङमा धेरै काम गर्नु पर्ने चुनौती रहेको छ । पुर्ण रुपमा सरकारी लगानीको बाणिज्य बैंकले समग्र बैंकिङ क्षेत्रलाई नेतृत्व गर्नु पर्ने जिम्मेवारी रहेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया