Nepal Life

तरलता व्यवस्थापनको लागि बजारबाट ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

NMB Bank
  • BFIS News
  • 2024 May 24 08:26
तरलता व्यवस्थापनको लागि बजारबाट ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत बैंकले बजारबाट ३५ अर्ब रुपैयाँ तान्न लागेको हो।

Shikhar
NIMB

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो १२ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने छन्। राष्ट्र बैंकले जेठ महिनामा मात्रै यो समेत गरी पाचौंपटक निक्षेप संकलन गरेको छ।  

केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ । यो व्यवस्था अनुसार राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल हुँदा बजारबाट पैसा झिक्ने गर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया