Nepal Life

युनाइटेड अजोडले १५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै, प्राधिकरणले दियो अनुमति

Global Ime detail Page
  • BFIS News
  • 2024 May Fri 15:07
युनाइटेड अजोडले १५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै, प्राधिकरणले दियो अनुमति
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीलाई १५ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि अनुमति दिएको छ । कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले बीमा प्राधिकरणले हकप्रद शेयर निष्कानका लागि दिएको अनुमतिको जानकारी शेयरधनीहरुलाई प्रवाह गर्ने निर्णय गरेको हो ।

NIMB

नेपाल बीमा प्राधिकरणले न्युनतम पूँजी जुटाउन दवाव दिए सँगै कम्पनीले १५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीले प्रतावित हकप्रद शेयर निष्काशन पछि पनि चुक्ता पूँजी २ अर्ब ४१ करोड रुपैयाँ मात्रै पुग्नेछ ।

कम्पनीलाई साढे दुई अर्ब पुर्याउन अझै साढे ८ अर्ब रुपैयाँ आवश्यक पर्नेछ । यो रकम कम्पनीले चालु आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर दिएर पुर्याउनु पर्नेछ । यसरी कम्पनीले बोनस शेयर दिएर पनि नपुग्ने पूँजीको लागि मात्रै हकप्रद शेयर जारी गर्ने योजना बनाएको हो ।

नेपाल बीमा प्राधिकरणको अव्यवाहारिक नीतिका कारणले गर्दा कम्पनीले जम्मा साढे ३१ करोड पूँजीका लागि हकप्रद शेयरको बाटो जोग्नु पर्ने भएको छ । यसका लागि कम्पनीले शेयर रजिष्ट्रारको नियुक्तिदेखि लिएर अनेकौ प्रकृयाँहरु पुरा गर्नु पर्नेछ । यसका लागि पनि कम्पनीले ठुलो रकम खर्चिनु पर्नेछ । त्यसमा पनि नेपाल बीमा प्राधिकरणले मर्जरमा गएका कम्पनीहरुका लागि खुकुलो नीति लिने जनाए पनि यसरी साढे २ अर्बको रटान मार्दै बीमा प्राधिकरणले आगामी एक दुई वर्षमा बोनस शेयर दिएर रै पुर्याउने सक्ने पूँजीका लागि  दवाव सिर्जना गर्नु पक्कै पनि व्यवाहारिक नीति होइन ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया