NIMB Header 2
Nepal Life

नेशनल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म ब्याज छुट दिने

National Life
  • BFIS News
  • 2024 May 26 08:30
नेशनल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म ब्याज छुट दिने
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ। कम्पनीले व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म ब्याज छुट दिने जनाएको छ।

Shikhar
NIMB

कम्पनीले जेठ १० गतेदेखि असार १५ गतेभित्र नवीकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितलाई ब्याज छुट प्रदान गरिने जनाएको छ।

विस २०७७ चैत २ गतेदेखि हालसम्म व्यतित भएका बीमालेखहरुमा शतप्रतिशत, २०७४ चैत २ गतेदेखि २०७७ चैत १ गतेसम्म व्यतित भएका बीमालेखहरुमा ७५ प्रतिशत र अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिबाट २०७४ चैत १ गतेसम्म व्यतित भएका बीमालेखहरुमा ६० प्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ।  

एकपटक विलम्ब शुल्कमा छुट लिइसकेका बीमितहरुलाई पुरा बीमा आवधिभर पुनः छुट नदिइने कम्पनीले जनाएको छ। यस्तै पुनर्जागरण मितिले २ वर्षभित्र समाप्ती हुने बीमालेखहरुको हकमा विलम्ब शुल्क छुटको सुविधा नपाउने कम्पनीले जनाएको छ ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार