Nepal Life

धितोपत्र बोर्डको सुझाव - निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेञ्ज, गैरआवासीय नेपालीलाई दोस्रो बजार खुला

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sun 14:15
धितोपत्र बोर्डको सुझाव - निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेञ्ज, गैरआवासीय नेपालीलाई दोस्रो बजार खुला
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको बजेटका विषयमा अर्थ मन्त्रालयलाई सुझाव पेश गरेको छ। बोर्डले
निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेञ्ज,  केन्द्रीय निक्षेप सेवा प्रदायक कम्पनीको पुनःसंचरना तथा गैरआवासीय नेपालीलाई दोस्रो बजार खुला गर्ने लगायतका सुझाव दिएको हो।

NIMB

बोर्डले धितोपत्र बजारलाई आधुनिक, प्रतिस्पर्धी एवं अन्तर्राष्ट्रिय प्रणाली तथा प्रविधिअनुरूप सुविधासम्पन्न बनाई धितोपत्रको कारोबारलाई थप वृद्धि गरिनु पर्ने बताएको छ। 'धितोपत्र बजारका लगानीकर्ताको लगानी सुरक्षा प्रदान गर्न निजी क्षेत्रको लगानीसहितको धितोपत्रको दोस्रो बजार सञ्चालक कम्पनी र केन्द्रीय निक्षेप सेवा प्रदायक कम्पनीको संरचनात्मक सुधार गरिनेछ’, सुझावमा भनिएको छ।

गैरआवासीय नेपालीलाई दोस्रो बजार खुला गर्ने तथा बजारमा संस्थागत संलग्नता बढाई पुँजी बजारको स्थायित्व अभिवृद्धि गर्ने तथा वस्तु विनिमय बजारलाई सञ्चालनमा ल्याइने कुरा उल्लेख छ। नेपालको पुँजी बजारमा दक्ष तथा अनुभवी र ठूलो परिमाणमा लगानी गर्न सक्ने लगानीकर्ताको प्रवेश गराई बजारको गतिशीलता तथा स्थायित्व अभिवृद्धि गर्न स्वदेशी संस्थागत लगानीकर्ताको संलग्नता बढाउनुका साथै गैरआवासीय नेपालीलाई धितोपत्र बजारको दोस्रो बजार खुला गर्न विद्यमान कानुनी व्यवस्थामा संशोधनलगायत आवश्यक थप व्यवस्था गर्नुपर्ने सुझाव पनि बोर्डको छ।

‘लगानीकर्तालाई लगानीको समयसीमाका आधारमा अल्पकालीन र दीर्घकालीन लगानीमा लाग्ने पुँजीगत लाभकरको दरमा आवश्यक संशोधन गरी दीर्घकालीन लगानीलाई प्रोत्साहित गरिनेछ,’ बोर्डको सुझावमा भनिएको छ, ‘नेपाल धितोपत्र बोर्डमा दर्ता भई सञ्चालनमा आउने विशिष्टीकृत लगानी कोषको प्रवर्द्धन गर्न सोको आयमा दोहोर कर नलाग्ने व्यवस्था मिलाइनेछ।’

समग्र अर्थतन्त्रको विकास र विस्तारमा पुँजीबजारको भूमिकालाई मध्यनजर गर्दै आधुनिक, प्रविधिमैत्री एवं अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुरूप प्रभावकारी रूपमा नियमन तथा सुपरिवेक्षण कार्य सञ्चालन गर्न संस्थागत रूपमा सुदृढ नियमन व्यवस्था गर्न धितोपत्र बोर्डको कार्यालय भवन निर्माणका लागि पहल गरिने पनि बोर्डको सुझावमा उल्लेख छ।

सेबोनले मर्जर तथा प्राप्तिमा संलग्न संस्थाका सेयरधनीले मर्जर तथा प्राप्ति पूर्व खरिद गरिएका सेयरहरू मर्जर तथा प्राप्ति सम्पन्न भएको २ वर्षभित्र बिक्री गर्दा पूँजीगत लाभकर नलाग्ने व्यवस्था गर्न मन्त्रालयलाई सुझाव दिएको छ ।  

पुँजीबजार विकासका लागि आवश्यक कानुनी व्यवस्था तयार गरी पुँजीबजार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने तथा पुँजी बजारको दीर्घकालीन विकास गर्न स्पष्ट नीतिगत, कानुनी तथा प्रक्रियागत व्यवस्था, नियमन तथा सञ्चालनको संस्थागत व्यवस्थामा सुधार, कर व्यवस्थालाई विवेकपूर्ण बनाई बजारको पहुँच तथा समावेशिता अभिवृद्धि गर्ने सुझाव पनि बोर्डको छ।

‘लगानीकर्तालाई लगानीको समयसीमाका आधारमा अल्पकालीन र दीर्घकालीन लगानीमा लाग्ने पुँजीगत लाभकरको दरमा आवश्यक संशोधन गरी दीर्घकालीन लगानीलाई प्रोत्साहित गरिनेछ,’ बोर्डको सुझावमा भनिएको छ, ‘नेपाल धितोपत्र बोर्डमा दर्ता भई सञ्चालनमा आउने विशिष्टीकृत लगानी कोषको प्रवर्द्धन गर्न सोको आयमा दोहोर कर नलाग्ने व्यवस्था मिलाइनेछ ,’ सुझावमा उल्लेख छ ।

विशिष्टीकृत लगानी कोषमार्फत नेपालमा विदेशी लगानी सहज गर्नका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा आवश्यक संशोधन गरिने, ऋणपत्रको ब्याज आम्दानीमा लाग्ने करलाई लाभग्राहीले धारण गरेको अवधि र सो अवधिको आर्जित ब्याज आम्दानीका आधारमा गणना गर्ने तथा त्यसरी गणना गरी आउने रकमलाई पछि ब्याज प्राप्त भएपछि समायोजन गर्न पाउने गरी खरिद बिक्री गर्दा उक्त मूल्यमा समायोजन गर्नुपर्ने सुझाव पनि बोर्डले दिएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया