Nepal Life

नेपाल पुनर्बीमा कम्पनीको जिम्मेवारी सुरेन्द्र थापाको काधमा, चार वर्षका लागि नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sun 14:34
नेपाल पुनर्बीमा कम्पनीको जिम्मेवारी सुरेन्द्र थापाको काधमा, चार वर्षका लागि नियुक्त
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र थापा नियुक्त भएका छन् । कम्पनीको शनिवार बसेको सञ्चालक समितिको बैठकले आगामी चार वर्षको लागि थापालाई जिम्मेवारी दिने निर्णय गरेको हो । 

NIMB

नेपाल पुनर्बीमा कम्पनीले ५ जनाको नाम सर्टलिष्ट गरेकोमा थापाले जिम्मेवारी हात पारेका छन् । सर्टलिष्टमा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ र श्रीमान कार्की थिए । 

बीमा क्षेत्रमा राम्रै अनुभव हासिल गरेका प्रतिस्पर्धीलाई लडाउदै उनले आगामी चार वर्ष कम्पनीलाई सम्हाल्ने छन् । नेपाल पुनर्बीमा कम्पनीलाई केहि समय अगाडीसम्म बीमा प्राधिकरण तथा राज्यले समेत संरक्षण गर्दै आइरहेकोमा अहिले निजी स्तरको अर्को पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई पनि व्यवसाय दिदै आएको छ । यस अवस्थाबाट कम्पनीले व्यवसायिक रुपमा व्यवसाय गर्नु पर्ने चुनौती छ । 

राष्ट्रिय बीमा कम्पनीको कामु प्रशासकसम्मको जिम्मेवारी सम्हालिसकेका थापा यस भन्दा अगाडी अजोड इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत थिए । सरकारी र निजी दुबै क्षेत्रका कम्पनीमा अनुभव हासिल गरेका थापाले कम्पनीलाई नयाँ उचाइमा पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया