लैङ्गिक उत्तरदायी बजेटको हिस्सा ४२ दशमलव ६१ प्रतिशत पुग्यो
- BFIS News
- 2024 May 26 18:10
काठमाडौं । सरकारको आर्थिक सर्वेक्षणको तथ्याङ्कले लैङ्गिक उत्तरदायी बजेटको हिस्सा ३१ दशमलव ३१ प्रतिशतले बढ्दै गएको देखाएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आज प्रतिनिधिसभाको बैठकमा सर्वेक्षण सार्वजनिक गर्दै २०८०/८१ मा सङ्घको लैङ्गिक उत्तरदायी बजेटको हिस्सा ४२ दशमलव ६१ प्रतिशत पुगेको उल्लेख गरे।
आर्थिक वर्ष २०६४/६५ देखि सरकारले लैङ्गिक उत्तरदायी बजेट प्रणाली अवलम्बन गर्दै आएको छ । सुरुको आर्थिक वर्षमा लैङ्गिक उत्तरदायी बजेटको हिस्सा ११ दशमलव ३० प्रतिशत मात्रै रहेको थियो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)








.jpeg)









प्रतिक्रिया