Nepal Life

युनाइटेड अजोड इन्स्योरेन्सले विशेष साधारणसभा बोलायो, हकप्रदको प्रस्ताव पारित गरिने

NMB Bank
  • BFIS News
  • 2024 May 28 08:33
युनाइटेड अजोड इन्स्योरेन्सले विशेष साधारणसभा बोलायो, हकप्रदको प्रस्ताव पारित गरिने
National Life

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले विशेष साधारण सभा आह्वान गरेको छ। जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ३१ गते बस्ने गरी विशेष साधारण सभा बोलाएको हो।

Shikhar
NIMB

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात १०० सेयरबापत १५ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव सभाबाट पारित गरिनेछ।  

हकप्रद सेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी वृद्धि भई २ अर्ब ४१ करोड ५० लाख पुग्ने छ।

यस्तै कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएको सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ।  

विशेष साधारण सभा प्रयोजनका लागि जेठ २५ गते बुक क्लोज हुनेछ।

सभा काठमाडौंको टंगालमा रहेको आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया