Nepal Life

नेपाल लाइफ व्यवस्थापन सँग अभिकर्ताहरुको १० बुँदे सहमति,आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु फिर्ता

Global Ime detail Page
  • BFIS News
  • 2024 May Tue 11:59
नेपाल लाइफ व्यवस्थापन सँग अभिकर्ताहरुको १० बुँदे सहमति,आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु फिर्ता
Sanima Reliance

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक केन्द्रिय समिति नेपाल लाइफ र कम्पनी व्यवस्थापन पक्ष विच १० बुँदे सहमति भएको छ । कम्पनीले आफ्ना जायज मागहरु पुरा गर्ने आश्वासन सँगै लिखित रुपमा सहमति जनाइएको संघका अध्यक्ष गणेश अधिकारीले जानकारी दिए ।

NIMB

सहमति सँगै आन्दोलनरत अभिकर्ताहरुले आफ्ना सम्पुर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छन् । अहिलेसम्मका उपलब्धीहरुलाई संरक्षण गर्दै थप उपलब्धीका लागि अगाडी बढ्ने सहमति भएको अध्यक्ष अधिकारीले बताए । उनले भने ‘हाम्रा मागहरु प्रति व्यवस्थापन पक्ष सकारात्मक देखिएको छ । उहाँहरुले अभिकर्ताको पक्षमा काम गर्ने बताउनु भएकाले हामीले सम्पुर्ण आन्दोलन फिर्ता लिएका हौ ।’

कम्पनिले यस अगाडी घोषणा गरेको आगामी बैशाख २० गतेका दिनबाट कम्पनीले गर्ने गतिविधिमा रोक लगाउने तथा कार्यक्रम बहिस्कार गर्ने निर्णय हाललाई स्थगित गरेको हो ।

प्रस्तुत सम्झौतापत्रमा बीमितहरुले पाउने बोनस दरको सम्बन्धमा बोनदर एक प्राविधिक विषय भएको र यो बीमाङ्कीय मूल्याङ्कनमा तय हुने भएकाले यसका विषयमा नेपाल बीमा प्राधिकरणको बीमाङ्कीय मूल्याङ्कन समेतको राय सुझाव, नीति नियम र दायरामा पनि बीमाङ्कीको सुझाव बमोजिम अगाडी बढ्न सकिने निर्देशिकाको फ्युचर बोनस प्रोभिजन समब्न्धित व्यवस्थामा कायम गरिएको दर रेटमा आवश्यक नीतिगत सुधारका लागि नेपाल बीमा प्राधिकरणमा पहल गर्ने सहमति भएको छ । साथै बोनसदर बृद्धिका लागि अधिकतम पहल गर्ने विषयमा दुबै पक्ष विच सहमति भएको हो ।

एक किस्ता बुझाई छुटेका बीमालेखलाई बीमितको चाहना अनुसार तोकिएको बीमा योजना मध्येबाट कुनै एक योजनामा परिवर्तन गर्न पाउने व्यवस्थाको मागका सन्दर्भमा यसको कानुनी तथा बीमाङ्कीय पक्ष माथि बीमाङ्कीय राय सुझाव बमोजिम नेपाल बीमा प्राधिकरणको आवश्यक स्वीकृति पश्चात श्रावण महिनादेखि कार्यान्वयन गर्ने सहभति भएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

केटाकेटी सुनौलो भविष्य बीमा योजनामा ल्याइएको २५ वर्ष उमेर हदलाई ३२ वर्ष राख्न नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पहल गरि सकेको हुँदा स्वीकृति पश्चात तुरुन्त लागु गरिने भएको छ ।

भविष्य निधिमा योग्य भएका अभिकर्ताहरुले चाहेको तीन वर्षदेखि नै सुविधा भुक्तानी पाउनुपर्ने सम्बन्धमा तिन वर्ष र सो भन्दा माथि क्वालिफाइ र डिसक्वालिफाइ भएको वर्षमा सोहि समयमा भुक्तानी गरिने व्यवस्था गर्ने साथै नियमित क्वालिफाइ भइ रहेको अवस्थामा यो योजना दीर्घकालिन  कार्यका लागि (Long Term Association) ल्याइएको हुँदा र इन्सेन्टिभ समेत सोही बमोजिम हरेक वर्ष वृद्धि हुदै जाने भएको हुदांसो को हकमा यो योजना अवधि समाप्ति पश्चात नै भुक्तानी दिइने सहमति भएको छ ।

बीमितको Survival बाट आएको रकमबाट किस्ता तिर्न पाउने भन्ने सम्बन्धमा यस विषयमा कम्पनीले बीमितको Survival Benefit लाई कर्जामा स्वत समायोजन गर्ने व्यवस्था मिति २०८१ / ०२ /१७ गते देखि लागु हुने भएको छ । बीमितको Survival बाट आएको रकम बाट किस्ता तिर्न पाउने भन्ने सम्बन्धमा व्यवस्थापनले आवश्यक अध्ययन गरि बीमितहरुलाई सहजीकरण गरिने सहमति भएको अधिकारीले जानकारी दिए ।

कम्पनीको दैनिक क्रियाकलापको क्रममा देखिने व्यवहारिक तथा नीतिगत अप्ठ्याराहरुको तत्काल समाधानका लागि कम्पनी र अभिकर्ताहरुको Core Team बाट प्रतिनिधित्व हुने गरि सहजीकरण समिति गठन गर्ने भएको छ ।

विद्यमान व्यवसायिक अवस्थालाई मध्यनजर गर्दै AM/ BC नविकरण तथा नियुक्ति सम्बन्धि नयाँ व्यवस्था मिति २०८१/०२/१६ देखि २०८१ असार मसान्त सम्मका लागि ल्याइने भएको छ ।

पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति, नेपाल लाइफ र कम्पनी व्यवस्थापन बीचहुने सहमतिहरुलाई आगामी दिनमा अध्यावधिक गरिने भएको छ ।

पेशागतबीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफको अफिस कक्षका लागि उपयुक्त स्थान उपलब्ध गराउने विषयमा पनि सहमति भएको छ ।

कम्पनीका शाखा तथा उपशाखा कार्यालयहरुमा Wi-Fi इन्टरनेटको व्यवस्थाका सम्बन्धमा आवश्यकता र औचित्यका आधारमा व्यवस्थापन गरिने दुबै पक्ष विचमा सहमति भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया