Nepal Life

सागर डिष्टिलरीले साढे ७ करोडको आईपीओ निष्काशन गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Mon 10:31
सागर डिष्टिलरीले साढे ७ करोडको आईपीओ निष्काशन गर्ने
Sanima Reliance

काठमाडौं । सागर डिष्टिलरीले साढे ७ करोडको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । 

NIMB

सागर डिष्टिलरी लिमिटेडले कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुने ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो । सर्वसाधारण जनताको सहभागिता बढाउनको लागि १५ प्रतिशत आईपीओ निकाल्ने निर्णय गरेको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले आईपीओ निकाल्नेछ ।

कम्पनीको फ्याक्ट्री देवचुली, नवलपुरमा रहेको छ । सागर डिष्टिलरीले रोयल ब्लु, ग्रे उल्फ, बेरिज् एण्ड ब्लु ब्राण्डका मदिरा उत्पादन गर्दै आएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया