Nepal Life

कृषि तथा पशुपन्छी बीमाको अनुदान ७० करोडले बढ्यो, एक अर्ब ६५ करोड विनियोजन

Global Ime detail Page
  • BFIS News
  • 2024 May Tue 15:45
कृषि तथा पशुपन्छी बीमाको अनुदान ७० करोडले बढ्यो, एक अर्ब ६५ करोड विनियोजन
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट मार्फत कृषि तथा पशुपन्छी बीमाका लागि अनुदान रकम ७० करोडले बढाएका छन् । 

NIMB

पुनले आगामी आर्थिक वर्षको लागि एक अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरेका छन् । चालु आर्थिक वर्षको बजेटमा ९५ करोड विनियोजन गरिएको थियो । 

सरकारले एक दशकदेखि सञ्चालन गर्दै आएको अनुदान कार्यक्रममा पछिल्लो समय अत्याधिक दाबी पर्दै आएको छ । सरकारले कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशत अनुदान दिदै आएको छ । यस क्रममा गएका वर्षमा घोषित कार्यक्रम अनुसार अझै ३ अर्ब भन्दा माथिको रकम सरकारले भुक्तानी गरेको छैन । यसले गर्दा बीमा कम्पनीहरुले उधारोमा बीमा गर्दै आइरहेका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया