Nepal Life

आलु, प्याज, स्याउमा लागेको भ्याट खारेज, स्वदेशी उत्पादनलाई असर गर्ने पुर्व अर्थमन्त्री महतको आरोप

Global Ime detail Page
  • BFIS News
  • 2024 May Tue 17:41
आलु, प्याज, स्याउमा लागेको भ्याट खारेज, स्वदेशी उत्पादनलाई असर गर्ने पुर्व अर्थमन्त्री महतको आरोप
Sanima Reliance

काठमाडौं । सरकारले आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेको छ । यस भन्दा अगाडीका अर्थमन्त्री प्रकाश शरण महतले विदेशबाट आयात हुने आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफुमा लगाएको भ्याटलाई अर्थमन्त्री पुनले खारेज गरिदिएका छन् ।

NIMB

उनको यो व्यवस्थालाई लिएर पुर्व अर्थमन्त्री डा. महतले आलोचना गरेका छन् । उनले संसद भवन बाहिर प्रतिक्रिया दिदै यस्तो मूल्य अभिबृद्धिकर भारत तथा चीनबाट आयात हुने आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफुलमा लगाइएको तर स्वदेशी उत्पादनमा नभएको बताएका छन् । 

आफुले स्वेदशी उत्पादनलाई टेवा पुर्याउन विदेशबाट आउनेमा मात्रै कर लगाइएको स्पष्टिकरण दिएका छन् । सरकारले यस्तो भ्याट खारेज गरे सँगै नेपाली उत्पादनले यस्ता किसिमका विदेशी उत्पादन सँग प्रतिस्पर्धा गर्न नसक्ने प्रतिक्रिया दिएका छन् । सरकार माफियाको प्रभावमा परेको भन्दै आरोप समेत लगाएका छन् । 

गत वर्ष यहि करलाई लिएर आम नेपालीहरुले चर्क विरोध गरेका थिए । विरोध पछि पनि सरकारले करको उक्त दरलाई भने यथावत राखेको थियो । 

सरकारले यस वर्ष पनि मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्त: शुल्क दरमा वृद्धि  गरेको छ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया