Nepal Life

कनिका छर्ने प्रवृत्तिको बजेट : महत

Global Ime detail Page
  • BFIS News
  • 2024 May Tue 17:56
कनिका छर्ने प्रवृत्तिको बजेट : महत
Sanima Reliance

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतले बजेटले बोलेको कुरा पुरा नहुने बताएका छन्। सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै उनले बजेटमा कुनै सुधारका कार्यक्रम नरहेको र यसले बजेटको बेथितीलाई नरोक्ने बताए।

NIMB

उनले यो बजेट वास्तविकता भन्दा माथि रहेको पनि बताए। महतले भने, 'धेरै विषयवस्तु छुने कोसिस गरिएको छ, परिणाम आउने देखेको छैन । बजेटरी अनुसासनलाई अवरुद्ध पार्नुभएको छ । यो बजेटले जे बोलेको छ, त्यो पुरा हुन्न।'

'बजेट कनिका छर्ने प्रवृत्तिको छ। यसले गर्दा ठूला आयोजना सम्पन्न हुने कुरामा शंका छ' महतले भने, 'सुधारको बाटोमा जाने भन्नुभएको छ । तर सुधार कहाँ गर्ने भन्नुभएको छैन।'

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया