NIMB Header 2
Nepal Life

सुनले फेरि बनायो उच्च मूल्यको रेकर्ड

National Life
  • BFIS News
  • 2024 May 31 12:38
सुनले फेरि बनायो उच्च मूल्यको रेकर्ड
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। आज (शुक्रबार) सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

Shikhar
NIMB

यसअघि गत जेठ ७ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला चार सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा भने शुक्रबार सुनको भाउ प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको हो।

शुक्रबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँ पुगेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया